बीमाको अढाइ करोड हात पार्न ‘नक्कली बिहे र दुर्घटना’ गराएर हत्या

१४ साउन, काठमाडौं । यदि अष्ट्रेलिया पठाइदिने लोभमा नफसेको भए कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल यतिबेला जापानमा हुनुहुन्थ्यो । उहाको परिवार वैदेशिक अध्ययनका लागि खर्च जुटाउन नसक्ने अवस्थाको पनि थिएन । तर सपनाले डिपेन्डेन्ट भिसाको सहज बाटो रोज्नु भयो र त्यही लोभले उहाँलाई अहिले प्रहरी हिरासत पु¥याएको छ ।

जापान जान ‘स्टुडेन्ट भिसा’ लगायर उहाँ सोमबार टोकियो उड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो । साथीभाइ र परिवारले बिदाबारी भएर विमानस्थलको अन्तिम जाँच कक्षमा पुग्नु भएको हो । तर त्यहीँ उहाँको हातमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोलीले हत्कडी लगाइदियो ।

वैदेशिक अध्ययनका लागि जापान उड्न ठिक्क पर्नु भएकी युवती कसरी प्रहरी नियन्त्रणमा पुगिन ? यसबारे बुझ्न ०७७ मंसिरतिर फर्किनुपर्छ, जतिबेला उहाँलाई ‘डिपेन्डेन्ट भिसा’मा अष्ट्रेलिया पठाइदिने अफर आएको थियो ।
अष्ट्रेलिया जाँदा सीप सिके सहज हुने भनेपछि सपना काठमाडौं आउनु भएको थियो । तर उहाँलाई डिपेन्डेन्ट भिसामा विदेश पठाउने प्रतिबद्धता जनाएका सञ्जीव अर्याल ‘योजनाबद्ध अपराध’ मा जुटिरहनु भएको थियो ।

त्यही अपराधमा सपना पनि मतियार बनिरहनु भएको थियो , यद्यपि उहाँलाई त्यसबारे कुनै छनक थिएन । कोहलपुरकै साथी ललिताकुमारी सापकोटाले ‘बिहे गरेर गए सहज हुने’ प्रस्ताव ल्याउनु भयो । त्यसका लागि सञ्जीवसँग कुरा गर्न पनि सुझाउनु भयो । अर्यालले नै उहालाई ‘कोहलपुर–११ का २१ वर्षीय सर्जन विकसँग बिहे’ गरेर अष्ट्रेलिया पठाउने योजना सुनाउनु भयो । विकको अष्ट्रेलिया जान भिसा आइसकेको भन्दै उहाँलाई तत्काल ‘कोर्ट म्यारिज’ गर्न अर्यालले सुझाउनु भयो ।

२८ फागुन २०७७ मा सर्जन र सपना विवाह दर्ता गर्न वडा कार्यालयमा पुगे । ‘सपनासँग सर्जनको भेट भएको त्यो नै पहिलो पटक थियो’ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तम सुवेदी भन्नुहुन्छ ।

प्रहरीले नै दुर्घटना भनेकाले रकम भुक्तानी त भयो, तर दुर्घटनामाथि पुनर्बीमा कम्पनीका कर्मचारीलाई शंका लाग्यो । कम्पनीका कर्मचारी स्थलगत अध्ययनमा जाँदा पनि सर्जनको पारिवारिक स्थिति २ करोड बढीको बीमाका लागि ५ लाख ४० हजार रुपैयाँ तिर्न सक्ने अवस्थाको देखिएन ।
त्यतिबेला बिहेका लागि सर्जनको उमेर पुगेन, कर्मचारीले फर्काइदिए । २ चैतमा उनीहरुको विवाह दर्ता भयो ।

त्यसपछि उनीहरुको कहिल्यै भेट भएन । अर्यालले सबै चाँजोपाँचो आफैं मिलाउँछु भन्ने आश्वास दिनु भएको थियो । त्यसका लागि बैंक खाता चाहिने भन्दै खाता खोल्न लगाउनु भयो, एक बुक चेकमा हस्ताक्षर गराउनु भयो । ‘मेट लाइफ इन्स्योरेन्स’का पूर्वकर्मचारी अर्याल बीमाका सबै प्रावधानबारे पहिल्यै जानकार हुनुहुन्थ्यो , त्यही अनुसार उहाँले सपनाको सबै कागजात मिलाउनु भएको थियो ।

योजनाबद्ध काम गरिरहेका उहाँले रिलाइन्स लाइफ इन्स्योरेन्स कम्पनी कोहलपुरमा २८ फागुन २०७७ मा सर्जनको नाममा एक करोड २० लाख रुपैयाँ बराबरको सवाधिक जीवन बीमा गराउनु भयो ।
साथै, सोही रकम बराबर २५ वर्षका लागि पर्मानेन्ट टोटल डिसाबिलिटी वेभियर बेनिफिट (पीटीडीपीडब्लूबी) गरेको सुवेदी बताउनु हुन्छ ।

त्यही दिन उहाँले सर्जनको नाममा ५ वर्ष अवधिका लागि ३० लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा, ३० लाख रुपैयाँ बराबरकै दुर्घटना बीमा पनि गराउनु भएको छ । सोही रकम बराबरको पीटीडीपीडब्लूबी बीमा पनि गराउनु भएको थियो ।

बीमा भुक्तानीका लागि इच्छाइएको व्यक्तिमा ‘डिपेन्डेन्ट भिसा’मा अष्ट्रेलिया पठाउने भनिएकी सपना मल्लको नाम उल्लेख थियो । बीमा गराउने एजेन्ट हुनुहुन्थ्यो , कोहलपुरका सरदार अहमद खाँ, जो अर्यालकै साथी हुनुहुन्थ्यो ।

बीमा गराएको एक महिनामा दुर्घटना

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुवेदीका अनुसार दुर्घटना बीमा गराएको एक महिनामै कोहलपुर–११ मा २१ वर्षीय सर्जन विक दुर्घटनामा परे ।
अर्यालको घरमा काम गर्ने सर्जन बालुवा लोड गर्न भन्दै भे १० प १७२७ नम्बरको मोटरसाइकलमा हिँडेका थिए । फर्किएर घरतिर आउने क्रममा बैजनाथ गाउँपािलका–६, लालपुरको भित्री सडकमा उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको मिनी बसले ठक्कर दियो ।

बैजनाथ गाउँपालिका–८ का टोपबहादुर राना क्षेत्रीले चलाएको भे १ ख २४९१ नम्बरको मिनी बसले ठक्कर दिँदा सर्जन गम्भीर घाइते भए । राना फरार भए, सर्जनलाई प्रहरीले उद्धार गरेर मेडिकल कलेज कोहलपुर पु¥यायो । तर उपचारका क्रममा उनको मृत्यु भयो ।

पक्राउ परेकाहरूलाई सार्वजनिक गर्दै प्रहरी ।

इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको अनुसन्धान गर्दा दुर्घटना स्वभाविकै देखियो, शंका गर्नुपर्ने आधार पनि थिएन । त्यहीअनुसार जिल्ला अदालत, बाँकेमा सवारी ज्यान मुद्दामा दर्ता भयो २७ वैशाख २०७८ मा
जब सर्जनको अन्तिम संस्कारको काम सकियो, त्यसपछि सुरु भयो पूर्वयोजनाको मुख्य दृश्य ।

सञ्जीवले नक्कली विवाह दर्ता गरेकी सपनालाई सर्जनको दुर्घटनामा मृत्यु भएको बताउँदै अष्ट्रेलिया पठाउन नसक्ने बताउनु भयो । बरु उहाको मृत्युवापत आउने बीमा रकमको केही भाग दिने बताउनु भयो ।

सर्जनको नाममा गरिएको सावधिक जीवन बीमा र म्यादी जीवन बीमा बापतको २ करोड ५० लाख रुपैयाँ दाबी गर्दै अष्ट्रेलिया जाने लोभमा श्रीमती बनेकी सपनाको नामबाट इन्स्योरेन्स कम्पनीमा निवेदन प¥यो । पुनर्बीमा कम्पनी लिमिटेडले १४ साउन २०७८ मा बीमा वापतको रकम सपनाको खातामा भुक्तानी पनि ग¥यो । तर खाताको सबै विवरण अर्यालको नियन्त्रणमा थियो ।

अदालतले १० महिनापछि मुद्दामा फैसला सुनाउँदै चालक रानालाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गराउने आदेश दियो । रोचक चाहीं दुर्घटनामा परेका मोटरसाइकलका धनी सर्जनको बीमा गराउने सरदार अहमद खाँ नै हुनुहुन्थ्योे , उहालाई जिल्ला अदालत, बाँकेले सफाइ दियो ।
जब जापान उड्न लागेकी सपनाको हातमा हत्कडी लाग्यो ‘

प्रहरीले नै दुर्घटना भनेकाले रकम भुक्तानी त भयो, तर दुर्घटनामाथि पुनर्बीमा कम्पनीका कर्मचारीलाई शंका लागेको थियो । कम्पनीका कर्मचारी स्थलगत अध्ययनमा जाँदा सर्जनको पारिवारिक स्थिति २ करोड बढीको बीमाका लागि ५ लाख ४० हजार रुपैयाँ तिर्न सक्ने अवस्थाको पनि देखिएको थिएन ।

बीमा गरेको एक महिना पनि नपुग्दै मृत्यु हुनु पनि आफैंमा शंकास्पद थियो । बैंक विवरणको ‘केवाईसी फारम’मा उहाँको वार्षिक आम्दानी २ लाख रुपैयाँ भनेर स्वघोषणा गरिएको थियो ।
एआईजी सुवेदीका अनुसार वार्षिक आयको अधिकतम ४० प्रतिशतसम्म मात्र बीमा गर्न सक्ने प्रावधान छ ।

‘सबै कुरा हेर्दा मृतकले ठूलो रकमको सावधिक र म्यादी जीवन बीमा गर्नुपर्ने अन्य कारण र आधार नदेखिएपछि इन्स्योरेन्सले सीआईबीलाई खबर ग¥यो,’ सुवेदीले भन्नु भयो, ‘दुर्घटना नै हुँदैछ भनेझैँ एक महिनाअघि मात्रै दुर्घटना बीमा गराएको पाएपछि सुरुमै यसमा केही छ भन्ने हामीलाई पनि लागेको थियो ।’

सीआईबीले विशेष टोली बनाएर अनुसन्धान थाल्यो । जाँचको सुरुवात उनै मृतक सर्जनको घरबाट भयो । श्रीमती भनेर भुक्तानी लिने सपनालाई न परिवारका सदस्यले चिनेका थिए, न मृत्यु संस्कारमा नै पुगेका थिए । मृतक सर्जनको परिवारले बीमा वापतको रकम पनि पाएका थिएनन् । सवारी दुर्घटनामा कानून बमोजिम पाउने क्षतिपूर्तिवापतको ६ लाख रुपैयाँ मात्रै उनका दाइले लगेका थिए ।

अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारी भन्नुहुन्छ , ‘सोधपुछका प्रथम बीमा शुल्क वापत ५ लाख ४० हजार सञ्जीव अर्यालले नै तिरिदिएको खुल्यो ।’ प्राप्त रकमबाट सञ्जीवले ८० लाख ३६ हजार रुपैयाँ लिनु भएको थियो, दीपक केसीले ६० लाख रुपैयाँ लिनु भयो ।

डीएसपी भण्डारीका अनुसार केसी बीमाको भुक्तानी लिन काठमाडौंमा सपनालाई लिएर आउनु भएको थियो । अर्यालले सपनाकी आमालाई १७ लाख ४६ हजार रुपैयाँ र सपनालाई ४६ लाख ८९ हजार रुपैयाँ दिएर रकम बाँडफाँट गर्नु भएको थियो । ‘अनुसन्धानका क्रममा सपनाको नाममा दर्ता बैंक खातामा भएको नम्बर पनि अर्यालको साथमा हुनुले उहाँमाथि शंका बढेको थियो’ एआईजी सवेदी भन्नुहुन्छ ्, ‘बीमाको भुक्तानीको सबै काम पनि अर्याल र केसीले नै गरेको रहेछन् ।’
सुवेदीका अनुसार घटनाका मुख्य योजनाकार अर्याल नै हुन् । उनले नै सपना मल्लसँग विवाह गराएर बिकको दुर्घटना गराएर बीमा रकम हत्याउने योजना बनाएको पाइएको सुवेदीले वताउनु भयो ।

प्रहरीका अनुसार दुर्घटनामा प्रयोग भएको बसका चालक टोपबहादुरलाई अर्यालले सपनासामू विदेश लैजाने एजेन्ट भनेर चिनाउनु भएको थियो । उहाँले दुर्घटना गराएपछि गाडी अगाडि पछाडि गरेर सर्जनलाई किचेको उहाँले स्वीकार्नु भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्यामकुमार महतो भन्नु हुन्छ्, ‘घाइतेलाई अस्पताल लैजानुपर्नेमा उहाँ स्वयम् फरार हुनु भएको थियो । अनलाईन सहयोग

प्रतिक्रिया दिनुहोस