मृत्यु संग लड्दै गरेका घाईतेहरुको २ दिन पछि उद्धार

१४ भाद्र,कालिकोट । कर्णाली करिडोर अन्तरगत आम्तडा उकालोमा आईतवार जीप दुर्घटना भएर गम्भीर घाईते भई मृत्यु संग लड्दै गरेका २ जनाको २ दिन पछि सोमवार मात्र उद्धार गरिएको छ ।

मौसम खरावले हेलिकोप्टर ल्याण्ड गर्न नसकि उद्धार ढिलो भएको वताइए पनि उद्धार कार्यमा गम्भीरता नदेखाईएको आफन्तहरुले गुनासो गरेका छन ।

दुर्घटनामा जीप चालक विक्रम गिरीको आईतवार घटना स्थलमै ज्यान गएको थियो भने अन्य १० जना यात्रु घाईते भएका थिए ।
घाईते मध्य २ जनाको अवस्था गम्भीर भएकाले उनीहरुको सोमवार मात्र हेलिकोम्टर वाट उद्धार गरि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्याईएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायले जानकारी दिनु भयो । गम्भीर घाईतेहरुको सोमवार मात्र नेपाली सेनाको हेलिकोप्टर वाट उद्धार गरि सुर्खेत पुर्याईएको छ ।

सुर्खेत पुर्याईएका घाईतेहरुमा रास्कोट नगरपालिका वडा नं ९ की वर्ष १८ की लक्ष्मी वराल र वर्ष २४ का टेक लुवार रहेका छन । अन्य घाईतेहरुकोे जिल्ला अस्पताल मान्ममा उपचार जारी छ

शान्नीत्रिवेणी गाउँपालिकाबाट जिते बजारका लागि छुटेको मानसरोवर रारा कर्णाली यातायातको क १ ज २३ नम्बरको वोलेरो जिप व्रेक फेल भएर दुर्घटना भएको हो ।

जीपको उकालोमा व्रेक फेल भएपछि ओरोलमा पछाडि आएर कर्णाली नदिको किनारमा खसेको प्रत्यक्षदर्शिहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहोस