वैज्ञानिक समाजवादका लागि जनमतसंग्रह गरौं !

कम्युनिष्टहरुको लागि वैज्ञानिक समाजवादको नारा कुनै नयाँ र अनौठो नारा होईन । यो नारा कम्युनिष्टहरुको जनजिव्रोमा झुण्डिने नारा हो । अझै यो कम्युनिष्टहरुको जनवाद,वैज्ञानिक समाजवाद हुदै साम्यवाद सम्म पुग्ने राजनीतिक रणनैतिक राजमार्ग हो । इतिहासमा पनि कम्युनिष्टहरुले यहि राजनीतिक रणनैतिक राजमार्गको प्रयोग गरेका छन । उनीहरु सफल पनि भएका छन । बरु आफ्नो देश र परिस्थिति अनुसार रणनैतिक उपलव्धी हाशिल गर्न कार्यनैतिक राजमार्ग फरक– फरक अपनाएका छन । उदाहरणका लागि रुसमा शशस्त्र विद्रोहको प्रयोग भयो भने चीनमा दिर्घकालीन जनयुद्धको प्रयोग भयो ।

कम्युनिष्टका महान गुरु कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले सन १८४८ मा कम्युनिष्ट घोषणा पत्र जारी गर्दै मानव समाजको उत्कृष्ट व्यवस्था वैज्ञानिक समाजवाद र साम्यवाद भन्नु भयो । माक्र्सका अनुसार वैज्ञानिक समाजवाद भनेको भोको मान्छेले खाना पाउने, नाङ्गो मान्छेले लगाउन पाउने, शिक्षा,स्वास्थ्य निशुल्क पाउने, विदेशीको गुलाम बन्न नपर्ने, आफ्नो क्षमता अनुसार स्वदेशमै रोजगार पाउने,राष्ट्रिय स्वाधीनताको रक्षा भएको हुने ,भ्रष्टाचार कमिशन,दलालीकरण,हत्या हिंसाको अन्त्य भएको हुने व्यवस्था नै वैज्ञानिक समाजवादी व्यवस्था हो । यो व्यवस्था ल्याउन २० औं शताव्दीमा विश्वमा ठुल्ल –ठुला क्रान्तिकारीहरु भए । विश्वका दुई दर्जन वढी देशमा कम्युनिष्ट सत्ता पनि प्राप्त भए । कैयौ देशका क्रान्ति अधुरा पनि रहे । रुस र चीनमा उच्चतम तरिकाले समाजवादको अभ्यास पनि भयो । आज यी दुवै देश विकशित युगमा समेत पुग्न सफल भएका छन ।

यसले के देखाउछ भने कम्युनिष्टहरुको समाजवादी व्यवस्था उत्कृष्ट प्रजातान्त्रीक अभ्यास पनि हो । यो व्यवस्थामा एकले अर्कोलाई शोषण,दमन , अन्याय अत्याचार गरेको अवस्था हुदैन । मानिस –मानिस विच पूर्ण स्वतन्त्रताको अधिकार हुन्छ । कसैको डर धम्की सहनु पर्दैन भने कसैको गुलामी पनि वन्नु पर्दैन । तर इतिहासमा कम्युनिष्टहरुले आफ्नो समाजवादी सत्ताको सुरक्षा र संरक्षण गर्न सकेनन् । सत्ता संचालन, दुई लाईन संघर्ष संचालन र उत्ताराधिकारी निमार्णमा केही सिमा समस्याहरु रहे । जसले गर्दा मुल नेताको निधन पछि रुस र चीन दुवै देशमा प्रतिक्रान्ति भए । पार्टी भित्रै वाट मौलाउदै गएको खु्रश्चेवी र देङ्गसेवपीङ्ग संशोधनवाद समयमै चिन्न नसक्दा समाजवादी सत्ता ढल्य । संशोधनवादीहरुले समाजवादी सत्तालाई पुजीवादी सत्तामा परिणत गरे ।

आज पनि विश्वमा वैज्ञानिक समावजादी सत्ता त्यतिकै आवश्यक छ । नेपालमा त अझै आवश्यक नहुने कुरै भएन । नेपालको राजनैतिक परिस्थितिले पूजीवादी संसदीय प्रणाली असफल भएको प्रमाणीत गरिदिएको छ । त्यसैले पनि नेपालमा वैज्ञानिक समाजवादी व्यवस्थाको माग गहिरो गरि महशुस भएको छ । असफल कुहिएको दलाल पूजीवादी संसदीय व्यवस्था नै नेपाली जनताको मुख्य सत्रु हो । यसको ठाउँमा वैज्ञानिक समाजवाद मात्र समस्याको सहि समाधान हुनसक्ने वहस हुन थालेको छ ।

विप्लव नेतृत्वको नेकपाले वैज्ञानिक समाजवादको वारे फैसला गर्ने अधिकार जनतामा दिनु पर्ने आफ्नो राजनैतिक माग अघि सारेको छ । त्यसका लागि पूजीवादी संसदीय व्यवस्था र वैज्ञानिक समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्नुृपर्ने अडान लिएको छ । यो स्वाभविक पनि छ । जनमतसंग्रह पनि यो कुनै क्रान्तिकारीहरुको नारा होइन, यो पनि पूजीवादी नारा नै हो । तर जनताको लागि पूर्ण प्रजातान्त्रीक तथा लोकतान्त्रीक नारा भने हो । यसमा आफ्नो मत जनताले निर्धक्क रुपमा व्यक्त गर्न सक्छन । यो नमान्नु पर्ने कम्युनिष्ट भन्ने शक्तिहरुको कुनै कारण नै छैन ।

नेपालमा दलाल संसदीय पूजीवादले झनझन संकट पैदा गरेको सवैमा दिनको घाम झै छर्लङ्ग छ । दुई– दुई पटक संसद विघटन,पूर्नस्थापना,कुर्सीको लुछाचुडी,भ्रष्टाचार,अनियमिता, वलात्कार, हत्या, हिंसा यो व्यवस्थाका कर्मकाण्ड हुन । ती जारी नै छन । त्यसैले पनि व्यवस्था परिवर्तनको माग जाहेज नै छ ।

बरु अवको नेपालको जनमतसंग्रह २०३६ सालको जस्तो पनि हुनु हुदैन । वहुदलले जित्दा पनि निर्दललाई धाधली गरि जिताइयो । यो नेपाली जनताको लागि दुर्दशा थियो । त्यो दुर्दशा फेरी दोहोरिन दिनु हुदैन । त्यसप्रति सचेत रहनु पर्छ । जनताको निश्पक्ष मत राख्ने वातावरण वनाउनु पर्छ । त्यसको लागि सवै राजनीतिक पार्टी,वुद्धिजीवी,नागरिक समाज ,राष्ट्रवादी ,प्रगतिशित शक्तिहरुको संयुक्त सरकार हुनु पर्छ । यस्तो सरकारको मातहतमा जनमतसंग्रह गर्नु वैज्ञानिक कदम हुन्छ । वेला– वेला नेता चुन्ने प्रणालीले देशको समस्या हल भएन । एकपटक फेरी व्यवस्था चुन्ने चुनाव नेपालमा गरौं । यो अधिकार नेपाली जनतालाई दिऔं । यो प्रजातान्त्रीक उच्च अभ्यास हो । तर्सथ सिंगो देश वैज्ञानिक समाजवाद प्राप्तीका लागि जनमतसंग्रहमा जाऔं । नेपालमा दलाल संसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवाद ल्याऔं ।

प्रतिक्रिया दिनुहोस