वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता संगठित गर ः प्रकाण्ड

१४ कार्तिक, कालिकोट । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कवहादुर विश्वकर्मा (प्रकाण्ड)ले वैज्ञानिक समाजवाद प्राप्तिको चुनावमा जनता संगठिन गर्न कर्णालीका कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रमलाई शनिवार सम्वोधन गर्दै प्रवक्रा प्रकाण्डले यस्तो निर्देशन दिनु भएको हो ।
उहाँले नेपाली जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भन्दा अव अर्को विकल्प नभएको वताउनु भयो ।

शनिवारै समापन भएको प्रशिक्षण कार्यक्रममा नेता प्रकाण्डले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको भन्दै त्यसको ठाउँमा समाजवाद अनिवार्य छ भन्नु भयो । उहाँले पछिल्लो न्यायपालिको विवाद पनि व्यवस्था असफलताको परिणाम भएको टिप्पणी गर्नु भयो ।

प्रशिक्षण कार्यक्रममा डोल्पा वाहेक हुम्ला,जुम्ला,मुगु,कालिकोट र दैलेख जिल्लाका करिव दुई सय जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

शनिवारै कालीकोट वाहेक हुम्ला,जुम्ला,मुगु, र दैलेख जिल्लाको जिल्ला समितिको वैठक समेत वसेको छ । वैठकमा प्रवक्ताले सम्वोधन गर्दै पार्टी योजनामा इमान्दार भएर खटिन निर्देशन दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस