अमेरिकी दबावले एमसीसी पास गर्ने पक्षमा प्रचण्ड, खारेजको माग राखेका प्रतिनिधि निरास

१६ पुस, काठमाडौं । एमसीसी खारेज हुुनुपर्ने माग गरेका नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु निरास भएका छन । अमेरिकी दवावका कारण प्रचण्डले एमसीसी पास गराउने मनोसाय देखाउनु भएको छ ।

जारी महाधिवेशनमा सुक्रवार स्पष्टिकरण दिदै प्रचण्डले एमसीसीबारे प्रतिवेदनमा जे छ, त्यही रुपमा बुझ्नुस् मात्र भन्नु भएको छ । यसको अर्थ एमसीसी पारित गर्ने हो । संसोधनको भ्रम कार्यकर्तालाई दिएर एमसीसी पारित गर्ने पक्षमा प्रचण्ड लागेको माओवादी केन्द्रकै केही नेताहरुले श्रोत नखुलाउने शर्तमा खुलासा गरेका छन ।

नेपाली काङग्रेसका सभापति सेरवहादुर देउवाले नै आफू र प्रचण्डले एमसीसी जसरी पनि पास गराउछौ भनेर अमेरिकालाई पत्र दिएको यसअघि नै खुलासा गर्नु भएको थियो ।

यो कुराले पनि प्रचण्ड अमेरिकी दवाववाट पछाडि फर्किने अवस्था छैन । अमेरिकी दुतावासवाट पनि महाधिवेशनकै समयमा प्रचण्डलाई थे्रट आएको प्रचण्ड निकट श्रोतले वताएको छ ।
सत्ताको गठवन्ध जोगाउन पनि एमसीसी विरुद्ध प्रचण्ड जाने हिक्मत छैन । तर कार्यकर्ता र जनताको दवाव पनि खेल्नु भएका प्रचण्डले कार्यकर्ता र जनतालाई झुकक्याउन र समर्थन प्राप्त गरिरहन संसोधन गरेर मात्र पास गराउने देखावटी नारा दिनु भएको छ । महाधिवेशनका सवै प्रतिनिधिहरुले एमसीसी खारेज नै गर्न माग गरेपनि प्रचण्ड त्यो गर्न किन तयार हुनु भएन ? यो सर्वत्र गम्भीर प्रश्न उठेको छ ।
प्रज्ञा भवनमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आफ्नो प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै प्रचण्डले भन्नु भएको छ ‘एमसीसीबारे धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ, त्यही रुपमा बुझ्नु होला ।’

उहाँले यसो भन्दा हलमा सहभागी प्रतिनिधिहरुबीच हाँसोको फोहोरा छुटेको थियो । कार्यकर्ताको खारेज नै गर्नु पर्ने मत माथि कच्याक कुचुक कुल्चिदै प्रचण्ड अमेरिकी स्वार्थमा केन्द्रीत राष्ट्रघाती एमसीसी सम्झौता संसदवाट पास गराउने पक्षमा मरिहत्या लाग्नु भएको छ ।
सच्चा क्रान्तिकारीहरुले प्रचण्डको देखावटी राष्ट्रवादी चरित्र,गुलियो भाषण र भ्रममा नपर्न विश्लेषकहरुले सुझाव दिएका छन ।

आफ्नै पार्टीका नेता राम कार्की र लेखनाथ न्यौपानेको फरकमत माथि पनि वेवास्ता गर्नु भएका प्रचण्ड महाधिवेशसनमा तानाशाही भएर जवर्जस्त आफ्नो प्रस्ताव माथि तालि वजाउन लगाउनु भएको महाधिवेशन प्रतिनिधिहरुले वताएका छन । यसले महाधिवेशसन प्रतिनिधिहरु आक्रोसित भएका छन । कोही प्रतिनिधिहरु भने निरास भएका छन ।

प्रतिक्रिया दिनुहोस