भेरी अस्पतालका चिकित्सक माथि आक्रमण

प्रदेश ५

भेरी अस्पतालका चिकित्सक माथि आक्रमण

१४ जेठ, नेपालगंज । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले वताउनु भयो । ‘बिहीबार राति करिब ८ बजेको थियो […]

बाँकेमा १४ संक्रमितको मृत्यु, थप ५५९ जनामा संक्रमण

११ जेठ, नेपालगंजं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका ५ र बाहिरी जिल्लाका ९ जना गरी जम्मा १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा […]

कोरोना संक्रमणबाट बाँकेमा थप ९ जनाको मृत्यु

८ जेठ, काठमाडौं । बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१० की ४४ वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उहामा वैशाख २७ कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । यस्तै […]

बाँकेमा एकैदिन १७ संक्रमितको मृत्यु

७ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोरोना संक्रमणबाट बाँकेका १० जना र बाहिरी जिल्लाका सात जनाको मृत्यु भएको हो । बाँकेमा पछिल्लो २४ […]

बाँकेमा १३ घण्टाभित्र १७ संक्रमितको मृत्यु

५ जेठ, नेपालगंज । कोरोना संक्रमणबाट बितेको १३ घण्टाभित्र बाँकेमा १७ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८ जनाको मृत्यु भएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन […]

बाँकेमा पछिल्लो २४ घण्टामा ११ संक्रमितको मृत्यु

४ जेठ, नेपालगंज । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका पाँच र बाहिरी जिल्लाको छ गरी ११ जनाको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट […]

बाँकेमा एकैदिन ११ जना कोरोना संक्रमितको मृत्यु

२ जेठ, नेपालगंज। बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमध्ये पाँच जना बाँकेका छन् भने छ जना बाहिरी जिल्लाका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका दुई जना पुरुष र […]

बाँकेमा एकैदिन ८४३ जनामा संक्रमण पुष्टि

२७ वैशाख, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको ११०७ नमुना परीक्षण गर्दा ८४३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये […]

कोरोनाबाट वाँकेमा एकैघरका तीन दाजुभाइको मृत्यु

२४ वैसाख,वाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थित सोनार मण्डी यतिबेला पुरै शोकमा डुबेको छ । एउटै घरका तीन दाजुभाइको कोरोना संक्रमणबाट मृत्यु भएपछि टोल शोकमा डुबेको हो । नेपालगन्ज–३ का वडाध्यक्ष मोहम्मद अयुव सिद्धिकीका अनुसार उक्त टोलका एकैघरका […]

बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

२४ वैशाख, नेपालगञ्ज । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु […]