अछाममा आधारभूत पत्रकारिता तालिम सम्पन्नः ‘ज्ञानलाई व्यबहारमा लागु गर्ने प्रतिबद्धता’

१९ चैत्र, अछाम । जनपत्रकार संगठन नेपाल अछामले मंगलसेनमा आयोजना गरेको आधारभूत पत्रकारिता तालिम विहिवार सम्पन्न भएको छ ।
चैत्र १६ गतेबाट सुरु भएको तालिममा विभिन्न पालिकाबाट नयाँ पुस्ताका १ दर्जन बढी प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिममा सिकेको ज्ञानलाई आगामी दिनमा जीवन व्यवहारमा लागु गर्ने नयाँ प्रतिबद्धता व्यक्त गरेका छन ।
सहभागीहरुले तालिमबाट कल्पनासम्म नगरेको नयाँ ज्ञान आफूहरुले प्राप्त गरेको भन्दै खुसी व्यक्त समेत गरेका छन ।
तालिमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै निर्मला साँवद,भुपेन्द्र रावल, मनिसा न्यौपाने,छत्र खत्री, एलिना बुढा र खेम जैगडीले तालिम निकै फलदायि र उपलव्धीमूलक भएको प्रतिक्रिया दिएका हुन ।

उनीहरुले तालिममा सिकेको ज्ञान जीवन व्यवहारमा लागु गर्ने अठोट व्यक्त गर्दै आउदा दिनमा पनि यस्तै तालिमहरु आयोजना गर्न माग गरेका छन ।
तालिममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्मा र संगठनका सचिव वसन्त विकले आधारभूत पत्रकारिताका बारे विषयगत प्रशिक्षण दिनु भएको थियो ।
तालिमका प्रमुख प्रशिक्षक अध्यक्ष विश्वकर्मा र प्रशिक्षक सचिव विकले समाचार संकलन, समाचार लेखन, समाचारका श्रोत, फिचर लेखन, रिपोर्ट लेखन, अन्तरवार्ता लिने तरिका, समाचार लेख्दा ध्यान दिनु पर्ने कुरा, पत्रकार आचारसंहिता, सूचनाको हक, राजनीतिक र अर्थशास्त्र सम्वन्धि विषयगत ज्ञानकाबारे प्रशिक्षण दिनु भएको थियो ।
तालिममा प्रशिक्षकहरुबाट प्रशिक्षार्थीहरुका विचमा अधिकतम व्यवहारिक अभ्यास गरिएकाले सहभागीहरुमा नयाँ उत्साह थपिएको छ ।
तालिमको समापन कार्याक्रममा प्रमुख प्रशिक्षक विश्वकर्माले बोल्दै तालिममा सिकेको ज्ञान जीवन व्यवहारमा प्रयोग गर्न सुझाव दिनु भयो ।

उहाँले यो पत्रकारिता तालिमले समाज परिवर्तनका लागि कलम चलाउने नयाँ पुस्तालाई जिम्मेवारी सुम्पेको भनाई राख्नु भयो ।
नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मिना सीले तालिमले नयाँ ज्ञान दिएको बताउनु भयो ।
उहाँले तालिममा सहभागी सबैलाई धन्यवाद दिदै तालिमको ज्ञान अवका दिनमा जीवन व्यवहारमा प्रयोग गर्न आग्रह गर्नु भयो ।

तालिम समापन कार्यक्रममा प्रशिक्षक तथा संगठनका सचिव विकले समाज परिर्वतनका लागि कलमको महत्व धेरै हुने विचार राख्नु भयो ।
उहाँले पत्रकारले निश्पक्ष भएर समाचार संकलन गर्न र समाचार लेख्न सुझाव दिनु भयो । समापन कार्यक्रममा नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा अछाम जिल्ला सेक्रेटरी निरक सीले तालिम सामान्य नभएको र यसले महत्वपूर्ण ज्ञान दिएको जिकिर गर्नु भयो ।

उहाँले तालिममा सहभागीहरुले अछामका गाउँ –गाउँ वस्ती –वस्ती सम्म पुगेर जनताका लुकेका पीडा र घटनाहरुलाई वाहिर ल्याउन आग्रह गर्नु भयो ।
सेक्रेटरी निरकले तालिममा सहभागी सबैलाई अनुशासित भएर तालिम लिएकोमा र तालिम दिएकोमा विशेष आभार सहित धन्यवाद समेत दिनु भयो ।
जनपत्रकार संगठन नेपालका जिल्ला संयोजक छत्र खत्री (कुमारसेन)को अध्यक्षतामा सम्पन्न तालिम समापन कार्याक्रमको संचालन एकेन्द्र विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस