हाम्रो बारेमा

पृष्ठभूमिः ज्वाला मिडिया प्रा.लि. द्धारा संचालित ज्वाला खबर डट्कम यो एउटा अनलाइन पत्रिका हो । इमेल, इन्टरनेटको सुविधा पुगेका विश्वका जुनसुकै कुना कन्दराका मानिसहरुले यसमा भएको सन्देशलाई हेर्न र पढन सक्नेछन । विशेष गरी इन्टरनेट सुविधा भएका ठाउँमा यो सेवा लागु हुने गर्दछ । विश्वमा इन्टरनेटको विकास भए संगै अनलाईन पत्रिकाको सेवा सुरु भएको मानिन्छ । नेपालमा पनि इन्टरनेटको विकास संगै यो सेवा सुरु भएको देखिन्छ ।

विश्वमा सञ्चार क्षेत्रमा अनलाइन सेवा र विकासले विश्व एक गाँउ जस्तै भएको छ । बिज्ञान प्रविधिको विकास भएको छ । सञ्चार क्षेत्र समेत परेवाको खुट्टामा चिठि बाँधेर सञ्चार आदान प्रदान गर्ने ठाँउबाट छापा इलेक्ट्रोनिस मिडिया हुदै डिजिटल अनलाइन प्रविधि सम्म पुगेको छ । यो मानव समाजको विकासक्रम संगै विकास भएको हो ।

आज मानिसहरु एक छाक खाना नखाएर बाँच्न सक्छन तर एक मिनेट पनि सञ्चार विना बाँच्न नसक्ने अवस्थामा आईपुगेका छन । मानिसलाई जति सक्दो छिटो घटनाक्रमको जानकारी पाउने इच्छा हुन्छ । त्यस्तो इच्छा लाई पुरा गर्ने एक मात्र भरपर्दो माध्यम अनलाईन मिडिया भएको छ । यसलाई पछ्याउदै हामीले पनि अनलाइन पत्रिका शुरुवात गर्ने जमर्को गरी अगाडि बढने कोशिस गरेका छौं । ज्वाला खबर अनलाइन पत्रिका एउटा हाम्रो मात्र नभई सबैको बनाउने पनि प्रयास गरेका छौ । यसमा प्रकाशित हुने लेख, रचना तथा समाचारहरु मानव समाजको विकासमा केन्द्रीत हुनेछन ।

समाजमा हुने गरेका अनियमिता, भ्रष्टाचार, व्यभिचार, गुण्डागद्र्धी, बलात्कार, मानव वेचविखन जस्ता जघन्य अपराधका घटनाका विरुद्ध ज्वाला खबरले आफ्नो कलम चलाउने छ । यो कुनै निश्चित व्यक्ति र राजनीतिक पार्टी सम्वद्ध हुने छैन । यो राष्ट्र, सामाज र गरीव निमुखा जनताको परिवर्तन प्रति लक्षित हुनेछ । यसले गर्ने काम ,गरेका काम र भावि योजनाका बारेमा केही लेख्ने प्रयास गरेका छौं ।

स्थापना बारेः ज्वाला खबर डट्कम (www.jwalakhabar.com) यो अनलाइन पत्रिका कर्णाली प्रदेशको कालिकोट जिल्लाको सदरमुकाम मान्ममा मुख्य कार्यालय रहने गरी स्थापना गरिएको छ । साथै शाखा कार्यालयहरु आवश्यकता अनुसार अन्य जिल्लाहरुमा पनि राख्न सकिने छ । हाललाई भने सुर्खेत, कोहलपुर र काठमाण्डौंमा शाखा कार्यालय रहेका छन । ज्वाला मिडिया प्रा.लि. द्धारा ज्वाला खबर डट्कम लगायतका अन्य मिडियाहरु संचानल गर्न सकिने छ ।

ज्वाला मिडिया प्रा.लि.को औपचारिक दर्ता कम्पनि रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा २०७६ साल बैशाख ३० गते भएको हो । यसको दर्ता नम्वर २१५०११÷०७५÷७६ रहेको छ । २०७६ साल जेष्ट ८ गते आन्तरिक राजस्व कार्यालय जुम्लाबाट ६०९५३३८९९ नम्बरको स्थायी लेखा नम्वर लिइएको छ । २०७६ साल साउन १ गते सूचना विभागमा दर्ता भई १४१८÷०७६–७७ नम्बरको दर्ता कायम भएको छ । यस्तै २०७६ साल साउन २ गते प्रेस काउन्सीलमा सुचिकृत समेत गरी पुर्ण सरकारी बैधानिकता प्राप्त गरेको छ । त्यसैले यसको बैधानिकताका बारेमा संदेह राख्ने कुनै ठाँउ छैन ।

हाल ज्वाला मिडिया प्रा.लि. द्धारा ज्वाला खबर डट्कम (www.jwalakhabar.com) अनलाइन पत्रिका प्रकाशित छ भने त्रैमासिक पत्रिका ज्वाला खबर पनि प्रकाशित गरेका छौं । यसले पाठक वर्गहरुमा नयाँ उत्साह थपेको छ । अनलाइन पत्रिका संचालन गर्नु आफैमा एउटा चुनैतिको विषय हो तर पनि यसलाई चिर्दै अगाडि बढ्ने जमर्को गरेका छौं ।

कार्यक्षेत्र/सेवाक्षेत्रः अनलाइन पत्रिकाको कार्यक्षेत्र निश्चित दायरा भित्र त रहदैन । प्रायः इन्टरनेटको सेवा भएका विश्वका जुन सुकै कुना कन्दराका नागरीकहरुले यसको सेवा लिन सक्छन । विशेष गरी यसको सेवा क्षेत्र विश्वभर रहेपनि कार्यक्षेत्र भने हाललाई नेपालभर मात्र रहने छ ।
लक्ष्य उद्देश्यः यो अनलाईनको लक्ष्य र उद्देश्य जनतालाई सूसुचित गर्ने रहेको छ । समाजलाई सकरात्मक सोच र व्यवहारमा रुपान्तरण गर्नु हुनेछ । इन्टरनेट सेवा भएका ठाउँका नागरिकहरुलाई छिटो छरितो सूचना पुर्याउनु रहनेछ । मुख्य गरी कर्णाली प्रदेशका जिल्लाहरु भित्र लुकेर वसेका विभिन्न घटनाहरु बाहिर ल्याउनु, आर्थिक, सामाजिक, साँकृतिक रुपमा जनताको जीवनस्तरमा परीवर्तन ल्याउने जनचेतनामुलक कार्यक्रम गर्नु यो मिडिया प्रा.लि.को प्रमुख लक्ष्य र उद्देश्य रहेको छ ।

त्यसैगरि ५ नम्बर प्रदेश र ७ नम्बर प्रदेश भित्रका बिकट दुर्गम अविकसित गाउँ, सहर वस्तीहरुका समस्याहरुलाई उजागर गरी समस्याको सामाधान खोज्ने प्रयास यो ज्वाला मिडिया प्रा.लि.ले गर्नेछ । समग्रमा मुलुकभरका समस्याहरुको समाधान खोज्ने प्रयास यो मिडिया प्रा.लि.को जारी रहने छ । जसका लागि म मेरो भन्ने विचारलाई निरुत्साहित गर्दै हामी र हाम्रो भन्ने विचारको प्रोत्साहन गरिने छ ।

केही बुद्धागत उद्देश्यहरु

१, आम पाठक वर्गहरुमा अनलाईन सेवा मार्फत सत्य, तथ्य, ताजा सूचना र समाचारहरु प्रकाशन गरी सूसुचित गराईने छ ।

२, लुकेका, लुकाईएका उत्पीडनमा परेका र उत्पीडनमा पारिएका समुदायको सूचना बाहिर ल्याउने र अन्याय अत्याचार बाट मुक्त गराउने कोशिस गरिने छ ।

३, विभिन्न जाती ,क्षेत्र, लिङग, धर्म, भित्रको राजनीतिक, सामाजिक, साँकृतिक, र आर्थिक उत्पीडन र अधिकारका वारेमा चेतनामुलक सामग्रीहरु प्रकाशनमा प्राथमिकता दिईने छ ।

४, राष्ट्रिय उद्योमीहरुको सम्मान र दलाल पुजिवादको अन्त्यको पक्षमा आफुलाई राख्ने छ ।

५, सबै जाती, क्षेत्र, लिङ्ग र धर्मलाई समान रुपमा हेरी सबैका सूचना प्रकाशनमा समानता दिइनेछ ।

६, स्वास्थ्य, शिक्षा जस्ता सामाजिक क्षेत्रका समाचारहरुलाई जोड दिनेछ ।

७, जनचेतनामुलक विविध कार्यक्रमहरु समेत गरिने छ ।

विशिष्ट कार्यहरुः ज्वाला मिडिया प्रा.लि.ले स्थापनाको सुरुवातमै विशिष्ट कार्य गरेको छ । २०७६ साल असार ६ गते कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको आर्थिक सहयोगमा जातीय भेदभाव उन्मुलन र दलित अधिकारका लागि वृहत साझा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

खाँडाचक्र नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्ष, दलित प्रतिनिधि, नगर दलित संजाल जिल्लाका अन्य सरोकारवालाहरु गरी झन्डै एक सय जनाको उपस्थितिमा भव्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसी प्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख प्रतिनिधि दलित अधिकारकर्मी लगायतको भव्य उपस्थितिमा कार्यक्रम सम्पन भएको थियो । ज्वाला मिडिया प्रा.लि.ले आयोजना गरेको यो कार्यक्रम जिल्लामा नै ऐतिहासिक भएको छ । जिल्लामा हुने गरेका जातीय छुवाछुत र विभेदका घटनाहरु नियन्त्रण गर्न र विभेद उन्मुलन गर्न कार्यक्रमको आयोजना गरिएको थियो । यसले दलीत अधिकारलाई समेत स्थापित गरेको छ । जिल्लामा यस्तै अरु कार्यक्रमहरु गर्न पनि जरुरी छ । जसका लागी सवै क्षेत्रको सहयोगको खाँचो छ ।

यस्तै छोटो अवधि भित्र यो प्रा.लि.ले अर्को पनि ऐतिहाशिक कार्य गरेको छ । जुन कार्य त्रैमासिक पत्रिका ज्वाला खबरको प्रकाशन हो । यस भित्र समसामयिक लेख, अन्तरवार्ता, समाचारहरु प्रकाशित गरीएका छन । यो विशेष उपलब्धिको विषय हो । बाल्यकालमै महत्वपूर्ण कार्य गर्न यो मिडिया प्रा.लि. सफल हुदै गएको छ । पाठक वर्गको मायाले आगामी दिनमा पनि सफल बन्ने आशा गरेका छौं ।

अनलाइन भिजिटरको अवस्थाः यो अनलाइन छोटो समयमै लोकप्रिय बन गएको छ । यसका पाठकहरु पनि बढदै गएका छन । हाल झन्डै प्रत्यक दिन दुई हजार देखि २५ सयको संख्याले अनलाइन भिजिट गरिरहेका छन । जसले गर्दा यसका सूचना व्यापक पाठक वर्गमा पुग्ने गरेका छन ।

जति अनलाइन पाठकहरुको संख्या बढ्दै जान्छ त्यति नै सूचना सन्देश र सामाचारहरु विश्वव्यापी बन्दै जान्छ । यो मिडिया विशेष सुविधाको मिडिया पनि हो । रेडियो, टिभि, पत्रपत्रिका संसार भर सबैले चाहेको समयमा सुन्न, हेर्न र पढ्न पाउदैनन् । त्यसलाई सहजिकरण गर्ने काम अनलाइन मिडियाको हो । यो प्रभावकारी मिडिया पनि हो ।

यसका पाठक वर्गहरु विश्वको जुनसुकै कुना कन्दराको मानिस पनि बन्न सक्छ । तर अन्य संचारका माध्यमहरु भने त्यसो हुन सक्दैन । त्यसैले अनलाइन मिडिया आजको आवश्यक र महत्वपूर्ण मिडिया हो । यसले आगामी दिनमा आफ्नो भिजिटरहरुको संख्या पनि उल्लेखनिय रुपमा वृद्धि गर्नेछ ।

भावी योजना र रणनीतिः यसको भावी योजना र रणनीति वृहत छ । रेडियो टेलिभिजन स्थापना गर्र्ने र विकट गाउँ वस्ती सम्म यसको सेवा पुर्याउने र जनतालाई सूसुचित गर्ने । अनलाइन भिजिटरहरुको संख्या तेब्वर बढाउने योजना छ । यस्तै विभिन्न जनचेतनामुलक कार्यक्रम गरी जनताको जीवनस्तर परिवर्तन गर्ने रहेको छ ।

बुद्धागत रुपमा लेख्दा निम्न हुनेछन ।

१, रेडियो ,टेलिभिजन ,अनलाईन रेडियो ,अनलाईन टेलिभिजन स्थापना गर्ने ।

२ ,दैनिकी, मासिक,त्रैमासिक पत्रपत्रिकाहरु प्रकाशित गर्ने ।

३, सामाजमा हुने विकृती विसंगति विरुद्ध जनचेतनामुलक कार्यक्रम संचालन गर्ने ।

४, सामाज परिवर्तको पहिलो उद्देश्य वोकी हरेक सामग्री प्रकाशन गर्ने, गराउने आदि ।

कर्मचारी विवरणः

ज्वाला मिडिया प्रा.लि.मा हाल निम्न कर्मचारी रहेका छन ।

क्र.सं.            नामथर                     पद                                   नियुति प्रकार             सम्पर्क नम्बर
१              बसन्त बिश्वक्रर्मा             सम्पादक                                      स्थायी                   ९८६९९७५२९३
२             कर्ण बिश्वक्रर्मा                सह–सम्पादक                              स्थायी                   ९८४८६६८६३३
३             हस्त बिश्वक्रर्मा               व्यवस्थापक                                   स्थायी                    ९८६३१२०७६९
४            जगदिशनाथ योगि          संवाददाता, कालिकोट                  अस्थायी                  ९७४८६३२२४३
५            राम ब. बिश्वक्रर्मा           बजार व्यवस्थापक सुर्खेत               अस्थायी                 ९८६८३५७७४०
६            मोहन बिश्वक्रर्मा            बजार व्यवस्थापक, नेपालगंज         अस्थायी                 ९८६१७१६३०५
७            राजु भुषाल                   बजार व्यवस्थापक, काेहलपुर         अस्थायी                 ९८६४७८२१३६
८            प्रेम थापा                      बजार व्यवस्थापक, दैलेख               अस्थायी                 ९८५८०३५५३०
९           गोविन्द वि.क.                बजार व्यवस्थापक, काठमाण्डौ       अस्थायी                ९८४८३१०६८३

विविधः हाम्रो ज्वाला मिडिया प्रा.लि. जनपक्षिय मिडिया प्रा.लि. हो । यस प्रा.लि.को माध्यमबाट जनताका जनजिविका र राष्ट्रियताका मुद्धाहरुलाई प्राथमीकता दिनेछ । समाज परिवर्तनको पहरेदार बन्ने छ । समाजमा हुने विकृति, विसंगति, भ्रष्टाचार, हत्या हिंसा, बलात्कार कालो वजारी, कमीसन खोर तथा दलालीकरणको पूर्ण अन्त्यको लागि आफ्नो खबरदारीको यात्रा जारी राख्ने छ । यस क्रममा जानि नजानि हुने साना तिना कमीकजोरीहरुको सुधारका लागि सम्पुर्ण पाठक वर्गहरुको महत्वपूर्ण सुझाव सल्लाह र सहयोगको अपेक्ष गरेका छौं । धन्यवाद ।