१९ कालिकोट । नेपाली कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट क्रान्तिकारीहरुले वेला वेला गरेका परिवर्तनका विभिन्न आन्दोलनहरु पूर्णरुपमा सफल नहुदा कम्युनिष्ट जनप्रेमिमा निरासा छाएको छ ।
कम्युनिष्टहरु पनि उस्तै संसदवादी पार्टी जस्तै हुन भन्ने जनतामा भ्रम पैदा भएको छ । अहिले जनतामा क्रान्ति र परिवर्तनका कुरा गर्दा जनताले तुरुन्त विस्वास गरिहाल्ने अवस्था छैन ।
कम्युनिष्टहरुले राणा शासन,पञ्चायती व्यवस्था ,राजतन्त्रात्मक सामन्तवादी संसदीय व्यवस्था वदल्न विभिन्न कालखण्डमा ठुलो वलिदान गरे । पछिल्लो समय जनयुद्ध,जनआन्दोलन र एकीकृत जनक्रान्तिमा समेत अतुलनिय योगदान गरे ।
तर पनि कम्युनिष्टहरुले चाहेको व्यवस्था जनतामा आईसकेको छैन । कम्युष्निटहरु विभिन्न चिरामा विभाजन छन । क्रान्तिकारी परिवर्तनको आन्दोलन भन्दा कतिपय कम्युनिष्ट भन्ने पार्टीहरु पुरानै संसदीय वाटोमा लाग्ने होटवाजी चलेको छ ।
सत्तामा सधै कम्युनिष्ट हुने गरेको अवस्था भएपनि जनताले कम्युनिष्ट प्रति सकरात्मक भाव देखाउन सकेका छैनन् । यो कम्युनिष्ट प्रतिको निरास,आक्रोस र वितृष्णाको परिणाम हो । जनयुद्धको नेतृत्व गर्नु भएका प्रचण्ड समेत तीन तीन पटक यो देशको प्रधानमन्त्री वन्नु भएको छ । जनयुद्धको लक्ष्य उद्देश्य पुरा भएको छैन ।
उहाँले जनयुद्धको लक्ष्य उद्द्ेश्य विर्सेर संसदीय वाटो लिदा अझै माओवाद मान्ने कम्युष्निट क्रान्तिकारीहरुको तल्लो तह र जनतामा तिव्र निरासा छाएको छ । क्रान्ति सम्भव छैन र परिवर्तन गर्न सकिदैन भन्ने विचार हावी हुन खोजेको छ ।
यो अवस्थामा क्रान्ति सम्भव छ र परिवर्तन गर्न सकिन्छ भन्ने भाव दिदै कम्युनिष्ट क्रान्तिकारीहरुलाई निरास हुनवाट जोगाउन र क्रान्तिकारी परिवर्तनको दियो वालिरहन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले आफ्नो ‘निराश हुन हुन्न साथी’ भन्ने प्रगतिशील गीति एल्वम बाट प्रयास गर्नु भएको छ ।
उहाँको यो प्रयास नेपाली क्रान्तिकारी परिवर्तनको आन्दोलनमा महत्वपूर्ण योगदान वन्ने धेरैको विस्वास छ । उहाँको यो गीति एल्वम यूटुव च्यानलवाट यहि वैसाख १७ गते मात्र सार्वजनिक भएको छ ।
यो गीतको शव्दको रचनाकार भरत सी हुनु हुन्छ भने संगीतकार नेकपाका पोलिट ब्युरो सदस्य तथा प्रगतिशील कलाकार चिरन सी हुनुहुन्छ । यस्तै यो गीतमा सुमधुर आवाज आवाजका धनी गायक राज सिग्देलले दिनु भएको छ ।
देशमा भएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र बेथितिले निरास भएका युवा नौजवानमा उर्जा भर्न यो एल्बमले अहम् भूमिका खेल्ने पूर्ण विश्वास रहेको यस गीतका रचनाकार तथा नेकपाका स्थायी समिति सदस्य भरत सीले वताउनु भएको छ । यो गीत सार्वजनिक भए लगत्तै सरकारी सञ्चार माध्यम रेडियो नेपालले समेत उच्च प्राथमिकतामा राखेर वजाएको छ ।
रचनाकार भरतले यो गीतले नयाँ बिचारसहितको समाजवादी व्यवस्था निर्माणको आन्दोलनमा निस्वार्थ लाम लाग्न उत्साह थप्ने मेडिसिनको काम गर्ने विस्वास व्यक्त गर्नु भएको छ ।
गीतका संगीतकार चिरन सीले ‘झट्ट सुन्दा गीतका सब्दहरु प्रेमिल भएपनि यसको गुदीमा मिठास मात्रै होइन अन्तर मनबाट विद्रोहको ज्वालामुखी बिस्फोट गर्दै यो व्यवस्था फेर्ने महासमरमा सशक्त भूमिका खेल्छ भन्ने विश्वास लिएको वताउनु भएको छ ।
यो गीतमा नारायण दङ्गालको संगीत संयोजन रहेको छ भने ओसिस्टीक रेकर्डडिंग स्टुडियोका रेकर्डडीस दिल समर्पणले रेकड गर्नु भएको छ । कुमार महाराजको मादल ढोलक बाधन, गिटार अनुप दास, बासुरी रत्न विश्वकर्मा र चन्द्र चौधरीले अडियो मिक्सिंग गरेर गीतलाई पूर्णता दिनु भएको छ ।
यस्ता छन गीतका शव्दहरु ः
निरास हुनु हुन्न साथी, हरेस खानु हुन्न
निरास भए हरेस खाए
लक्ष्य भेटिदैन, लक्ष्य भेटिदैन
जिन्दगीमा धोका हुँदा, कहिले काहीँ हार खादा
बिपत्तिमा एक्लो पर्दा, पीडा अनि आँसु झर्दा
संघर्षमा कमजोर हुँदा,
चारैतिर औंला उठ्दा
बैरीहरुले मौका छोपी,
जथाभावी देश लुट्दा
चारैतिर दुखै दुखका, ठुला पहाड शिरमा खस्दा
बिसालु ती काडाहरु, कतिसुख मिल्छ झिक्दा
नबिर्सनु आफ्नो लक्ष्य,
जस्तो सुकै सङ्कट पर्दा
नयाँ सन्सार बनाई छोड्छौ,
सबैको साथ पाउँदा
निरास हुनु हुन्न साथी, हरेस खानु हुन्न
निरास भए हरेस खाए
लक्ष्य भेटिदैन, लक्ष्य भेटिदैन ।