जनयुद्धमा कालिकोटले गरेको त्याग विरुद्ध ‘माओवादी’ छोडेका प्रचण्ड शरणमा

१६ टाउका मिल्दा पनि किन असुरक्षित ?

१९ पुस, कालिकोट । १६ टाउका जोडेर बनेको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अरु ठाउँमा असुरक्षित ठानेपछि कालिकोटमा शरण लिन पुग्नु भएको छ ।

उहाँलाई कालिकोट जिल्लाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी बनाउने सिफारिस नेपाली कम्युनिष्ट पार्टी कालिकोटका केही नेताहरुले गरेका छन । तर यो निर्णयले कालिकोटवासी जनतालाई आत्मसम्मानमा ठेस पुगेको विश्लेषण हुन थालेको छ ।

यसले जिल्लाका दर्जनौ स्थानीय नेतामाथि नै प्रश्न उठाएको छ । जिल्लामा सक्षम दर्जनौ नेताहरु हुदा हुदै पनि आखिर प्रचण्डलाई चितवनबाट कालिकोटमा नै किन शरण दिन खोजिएको हो भनेर ?

नेपाली कम्युनिष्ट पार्टी निकटका केही नेताहरुले प्रचण्डका केही निश्चित दलालहरुले आफू नहुने भएपछि मालिकलाई खुसी पार्न यस्तो सिफारिस गरिएको ज्वाला खवरलाई खुलासा गरेका छन ।

उनका अनुसार प्रचण्डका मुख्यदलाल महेन्द्र बहादुर शाही हुन र उनले आफू उम्मेदवार नहुने भएपछि जिल्लाको बलिदानलाई उपेक्षा गर्दै प्रचण्डको नाम सिफारिस गरेका हुन । महेन्द्र शाहीको अडान कित आफू हुनु पर्ने नभए प्रचण्डलाई ल्याइनु पर्ने रहेको ती नेताले बताएका छन । यो कुराले जिल्लाका नेताहरुबिचमा पनि तिव्र विवाद भएको छ ।

माओवाद र माओवादी छोडेका प्रचण्ड कालिकोटमा किन ?

माओवाद र माओवादी छाडेका प्रचण्ड निर्वाचन लड्न कालिकोट जानु कर्णाली र कालिकोटका क्रान्तिका नायक प्रकाण्डलाई हराउनु रहेको चर्चा हुन थालेको छ ।

एक पक्षले चुनावी सहकार्यको लागि प्रकाण्डलाई दिन प्रचण्डको नाम राखिएको भनिरहेका छन । तर प्रकाण्ड निकट श्रोतका अनुसार त्यस्तो कुनै सहमति सहकार्यको कुरा नभएको भनाई छ ।

नेकपा (माओवादी) का प्रवक्ता समेत रहनु भएका प्रकाण्ड अहिले पनि साँचो माओवादी आफू रहेको भन्दै जनयुद्धका अधुरा सपना पुरा आफूले गरेर छोडने अडानमा हुनुहुन्छ । उहाँले फागुन २१ गतेको चुनावमा कालिकोटबाट लड्ने नलड्ने बारे बाहिर भनिसक्नु भएको छैन । तर उहाँका केही विरोधीहरुले उहाँलाई चुनावमा हराउने योजना बनाउनु अन्यथा पनि होईन ।

जिल्लाका दलालहरुले जिल्लाको बलिदान र त्याग तपस्यालाई मालिकलाई खुसी पार्न सुम्पिन खोजेकोमा कालिकोटे जनता समेत सन्तुष्ट छैन ।

एकातिर प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी बनाएर पार्टीको विचार ‘माओवाद’ र पार्टीको पहिचान ‘माओवादी’ परित्याग गर्नु भएको छ । अर्कोतिर माओवादीको आधार इलाकामा उम्मेदवार भएर मत माग्न खोज्नु भएको छ । यो आफैमा विरोधाभाष छ । अब प्रचण्ड नत माओवादी रहनु भयो, नत जनयुद्धका सहिदहरुको रगतको हिस्सेदार बन्न सक्नु भयो ? एक नेताले भनेका छन ।

‘प्रचण्ड माओवादी विचार र जनयुद्धको विरोधी पात्र हो । जनमुक्ति सेनालाई आत्मसर्मपण गराउन कुनैपनि त्याग गर्नु परेन । जनसत्ता, जनअदालत विघठन गर्ने कुरामा कुनै त्याग गर्नु परेन, उहाँले सजिलै गर्नु भयो, त्यसैले पनि पार्टीको विचार र सिद्धान्त सजिलै त्याग्नु भयो, प्रचण्ड वास्तविक माओवादी होईन, माओवादी मनहरुले भोट पनि दिनु हदैन’ एकजना राजनीतिक विश्लेषकले भनेका छन ।

तत्कालिन नेकपा (माओवादी)को नेतृत्वमा भएको जनयुद्धमा कालिकोट जिल्ला आधार क्षेत्रको रुपमा परिचित छ र यसको मुख्य श्रेय प्रकाण्डलाई जान्छ ।

प्रकाण्डको ठुलो त्याग तपस्या र बलिदानले कालिकोट जिल्लालाई जनयुद्धको आधार भूमि बनाईएको कुरा कसैसामु छिपाएर छिप्दैन । उहाँ कालिकोट मात्र होईन कर्णालीकै स्थापित नेता हो ।

जनयुद्धकाबेला माओवादी विचारको नेतृत्वमा प्रकाण्डकै गाउँ माल्कोटका महिलाहरुले प्रहरीका हतियार खोसेका छन । जनयुद्धको सुरुवातमै माओवादी छापामारबाट कोटवाडा, शान्तिघाट र पाद्मघाट प्रहरी चौकी सफलता पूर्वक कव्जा गरिएका छन ।

जनमुक्ति सेनाद्धरा पिलीको मोर्चासम्म सरकारी सेना विरुद्ध शाहसीक उच्च विजयी हासिल गरेको इतिहास छ ।

सरकारको तिव्र दमन र लडाईका मोर्चा गरी करिव ५ सय जति कालिकोटे जनताको जनयुद्धमा रगत बगेको छ । यो भनेको जनवाद, समाजवाद र साम्यवादी व्यवस्थाका लागि थियो । जहाँ सबैको समान हकअधिकार,निशुल्क स्वास्थ्य, शिक्षा र रोजगार स्थापित भएको व्यवस्थाका लागि थियो ।

यो जिल्ला माओवादी आन्दोलनमा महत्वपूर्ण योगदान गर्ने जिल्ला भएकै कारण शान्ति प्रक्रिया पछि पनि माओवादीले निरन्तर चुनाव जित्दै आएको हो ।

‘तर प्रचण्डले अन्तीममा यही जिल्लालाई रोज्नु भनेको उहाँको असफलता हो । उहाँको विचार र सिद्धान्तको मृत्यु त भएकै थियो सिंगो पार्टीको पनि मृत्यु हो । माओवादी परित्याग गर्ने अनि माओवादी जनतासंग भोट माग्न जाने यो कुनै नैतिकताको विषय होइन । प्रचण्डसंग न नैतिकता छ नत कुनै इज्जत र लाजसरम नै छ’ एक जना राजनीतिज्ञले भनेका छन ।

प्रचण्ड १६ टाउकाबाट पनि किन तर्सित ?

प्रचण्डलाई १६ टाउका मिलेर पनि चुनाव जित्ने कुनै विश्वास छैन । उहाँ अहिले पनि जित्ने ठाउँको खोजिमा भौतिरहनु भएको छ । उहाँको चुनाव जित्ने र फेरी पनि सत्तामा जाने सपना वाहेक अर्को कुनै सपना छैन । तीन तीन पटक प्रधानमन्त्री भएको मात उहाँमा अहिले पनि छ । जेनजी आन्दोलनले अत्तालिएका प्रचण्ड रवी वालेनहरुको एकताले अझै अत्तालिनु भएको छ ।

जसले गर्दा उहाँलाई चुनाव जित्ने सुरक्षित जिल्ला कालिकोट लागेको हुनसक्छ । त्यसो भएर पनि कालिकोट रोज्नु भएको होला । उहाँका केही दलालहरुले पनि त्यो सुझाव दिएका होलान । तर पनि माओवादी परित्याग गरेर माओवादी जनतासंग भोट मागेर कालिकोटमा चुनाव जित्न मुस्किल हुने माओवादी विचारकहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस