कालिकोटमा प्रकाण्डको पक्षमा घरदैलो चुनावी अभियान तिव्र, सहानुभूति बढदै

२० माघ,कालिकोट । नेकपा (माओवादी)ले जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार प्रकाण्डको पक्षमा घर दैलो चुनावी अभियान तिव्र पारेको छ ।

जिल्लाका ९ वटै पालिकाहरुमा विकेन्द्रीत रुपमा घरदैलो चुनावी अभियान तिव्र पारिएको नेकपा माओवादीले जनाएको हो ।

चुनाबी अभियानको समग्र नेतृत्व एटम सी, विवेक सी र बलवान सीले गर्नु भएको छ । पूर्वी निर्वाचन क्षेत्रका पालिकाहरुमा दिनेश सीको नेतृत्वमा महावै गाउँपालिकामा विषम सी, तिलागुफा नगरपालिकामा रमेश सी,शुभकालिका गाँउपालिकामा सुनिल सी, खाँडाचक्र नगरपालिकामा सरलसीले नेतृत्व गरेका छन ।

यस्तै जिल्लाको पश्चिम निर्वाचन क्षेत्रकापालिकाहरुमा नरहरीनाथमा अडिक सी, शान्नित्रिवेणीमा सुवास सी, रास्कोटमा निर्देशन सी, पलातामा साहसी सी र पचलझरनामा रणदिप सीको कमाण्डमा घरदैलो चुनावी अभियान चलिरहेको छ ।

नेकपा माओवादीले अहिले विवेन्द्रीत रुपमा घरदैलो चुनावी अभियान चलेको भएपनि केही दिन भित्रै केन्द्रीत चुनावी अभियान सुरु हुने जनाएकोछ ।

उम्मेदवार प्रकाण्ड एक दुईदिनमा कालिकोट पुग्ने भएकाले उहाँकै नेतृत्वमा केन्द्रीयत चुनावी अभियान चल्ने जिल्ला इन्चार्ज विवेक सीले जानकारी दिनु भयो । अभियानमा क्रममा जनताले प्रकाण्डप्रति सकरात्मक सहानुभूति दिएका छन । एकपटक प्रकाण्डलाई भोटदिने पनि बचन दिएका छन ।

प्रतिक्रिया दिनुहोस