चितवनका कृषकले सडकमै फाले तरकारी

माघ २०, चितवन । भारतीय तरकारीका कारण नेपाली तरकारी बजार विस्थापित भएको भन्दै उनीहरूले शुक्रबार विरोध स्वरुप नारायणगढको पुलचोकमा तरकारी फालेर विरोध जनाएका हुन्।

समयमा मल बीउ नपाइने र उत्पादित तरकारी बिक्री नहुने लगायत समस्याबारे सरकार मूकदर्शक भएको आरोप किसानहरूले लगाएका छन् ।

बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती आएका र नेपाली तरकारीले बजार नपाएकाले खेतमा तरकारी कुहिएर जाने गरेको किसानहरूले गुनासो गरेका छन्। उनीहरूले सडकमा आएपछि सबैको आँखा पर्ने भन्दै फालेर विरोध जनाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस