सहिदहरुको सपना पुरा गर्न प्रकाण्डलाई जिताउनुको विकल्प छैनः सहिद परिवार

२१ माघ, कालिकोट । जिल्लाको खाडाँचक्र नगरपालिकाका जनयुद्धका सहिद परिवारहरुले जनयुद्धका सहिदहरुको सपना पुरा गर्न खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)लाई जिताउनुको विकल्प नभएको बताएका छन ।

बुधवार ज्वाला खवरसंगको कुराकानीमा सहिद परिवारहरुले जनयुद्धका सहिदहरुको सपना पुरा गर्न खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)लाई जिताउनुको विकल्प नभएको बताएका हुन ।

खाँडाचक्र नगरपालिका वडा नम्वर २ का सहिद बाले विश्वकर्मा (भेरी)का बुवा करवीरे विकले जनयुद्धको सपना विपरित प्रचण्डहरुले माओवाद छोडर जनयुद्धका कट्टर विरोधीसंग गठजोड गरेर पार्टी बनाउदा सहिदको सपना पुरा हुने आसा मरेको बताउनु भयो ।

सहिद भेरीकाे बुवा करविरे विक

‘माओवाद छोड्नु जनयुद्धका सहिदमाथिको घात हो, जनयुद्धमा माओवादीलाई आतंककारी भन्दै दमन गर्नेसंग पार्टी एकता गर्नु पनि सहिद परिवारमाथिको घात हो, हामी सहिद परिवारले त्यो पार्टीलाई भोट दिन सक्दैनौ, वास्तविक माओवादी र सहिदको सपना पुरा गर्ने बाचा गरेको पार्टी र नेता प्रकाण्डलाई भोट दिन्छौ, सबै सहिद परिवारले पनि सोच्नु पर्छ’ सहिद भेरीका बुवा करवीेरेले भन्नु भयो ।

उहाँका छोरा भेरी जनयुद्धको बेला २०५७ साल भदौ २ गते खाँडाचक्रकै खारखोलामा प्रहरीसंगको दोहोरो भिडन्तमा सहिद हुनु भएको थियो ।

यस्तै खाँडाचक्र नगरपालिका वडानम्वर २ कै अर्का सहिद जनम बरालका भाई मोतिलाल बरालले पनि प्रचण्डले सहिद परिवारमाथि खेलवाडा गरेको भन्दै आक्रोस व्यक्त गर्नु भएको छ ।

सहिद जनम बरालका भाइ माेतिलाल बराल

उहाँले ‘माओवाद’ छोडेर सहिदको सपना विर्सेर, जनयुद्ध विरोधीसंग एकता गरेर पार्टी नबन्ने ठोकुवा गर्नु भयो ।

सहिद परिवार बरालले यो चुनावमा गम्भीर भएर सोच्न र वास्तविक माओवादी र त्यसको नेता प्रकाण्डलाई सहयोग गर्नुको विकल्प नभएको बताउनु भयो ।

उहाँले जनयुद्धका सहकर्मी नेताहरुलाई पाखा लगाएर जनयुद्धलाई कुनै बेला आतंककारी भन्नेहरुसंग पार्टी एकता गरेर सहिदको सपना पुरा नहुने टिप्पणी गर्नु भयो ।

सहिद परिवार बरालले भन्नु भयो ‘पार्टीका जनयुद्ध लडेका सहकर्मीहरु मोहन बैद्य, रामवहादुर थापा (बादल), नेत्रविक्रम चन्द (विप्लव), वाबुराम भट्टराई, जर्नादन शर्मा (प्रभाकर) जस्ता नेतालाई प्रचण्डले पार्टीबाट पाखा लगाएका छन, जनयुद्धका विरोधी, जनयुद्धलाई आतंककारी भन्नेहरुलाई पार्टीमा भित्र्याएका छन, ‘माओवाद’ छोडेका छन, यसले कसरी सहिद र सहिद परिवारको सपना पुरा हुन्छ ?’

उहाँले जनयुद्धका उपलव्धीहरमाथि बेवास्ता गरेर सहिदको सपनामाथि घात गरेर प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी बनाएको पनि बताउनु भयो ।

सहिद परिवार बरालले जिल्लाभरका सबै सहिद परिवारहरुलाई एकपटक प्रकाण्डलाई भोट दिन पनि अपिल गर्नु भयो ।

तत्कालिन पार्टीको उप –व्यूरो सदस्य तथा अखिल (क्रान्तिकारी)को केन्द्रीय सचिवालय सदस्य रहनु भएका जनम बराल २०५८ साल मंसिर २३ गते कैलालीको बेलादेवीपुरमा सहिद हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस