२१ माघ,कालिकोट । नेकपा(माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) प्रेमको प्रतिक ‘गुलाफको फुल’ बोकेर जनतासंग प्रेम जोड्न आज कालिकोट पुग्दै हुनुहुन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवार समेत रहनु भएका प्रकाण्डले चुनाव चिन्ह प्रेमको प्रतिक गुलाफको फुल रोज्नु भएको हो ।
उहाँले जनतासंग गहिरो प्रेम जोडन सक्ने पार्टी र नेता नेकपा (माओवादी) भएकाले प्रेमको प्रतिक गुलाफके फुल पार्टीको चुनाव चिन्ह बनाएको बताउनु भएको छ ।
गुलाफको फुल सहित माघ ६ गते उम्मेदवारी दर्ता गराउन मान्म पुग्नु भएका प्रकाण्ड केही दिन बसेर कामको शिलशिलामा काठमाडौ पुग्नु भएको थियो ।
उहाँ कालिकोटको यात्राका क्रममा मंगलवार सुर्खेत पुग्नु भएको छ । नेता प्रकाण्ड बुधवार (आज बेलुका) सम्म मान्म पुग्ने नेकपा (माओवादी)का जिल्ला सेक्रेटरी बलवान सीले जानकारी दिनु भयो ।
कालिकोेटमा जनयुद्धको संस्थापक नेताको रुपमा चिनिने नेता प्रकाण्डलाई यो पटक कालिकोटे जनताले निकै चासोका साथ हेरेका छन ।
पटक– पटक अरुलाई जिताएर भ्रष्टाचार गरेको, कमिशनको खेल गरेको भन्दै जिल्लावासी जनताले यो पटक प्रकाण्डलाई जिताउनु पर्ने धारणा बनाएका छन ।
प्रकाण्ड आज साँझ मान्म पुगेपछि जिल्लाभरका गाउँ –गाउँ टोल –टोलमा प्रकाण्ड सहितको टिम जनतामा पुगेर गुलाफ चिन्हमा भोट माग्ने माआवादीले जनाएको छ । जिल्लावासी जनताले समेत एकपटक प्रकाण्ड गाउँ –गाउँ पुगेर सबै जनतालाई भेटनु पर्ने माग गरेका छन ।