पुस २०, कालिकाेट । माध्यमिक बिद्यालय शिक्षक युनियन जिल्ला समन्वय समिति कालिकोटको पूर्ण बैढक सम्पन भएको छ ।
शनिबार सदरमुकाम मान्ममा आगामि षौष २५,२६ र २७ गते काठमााडौँमा हुन गईरहेको केन्द्रीय अधिवेशनको तयारीको लागि पूर्ण बैढक सम्पन भएको हो ।
संगठनका जिल्ला अध्यक्ष गंगाराम भुसालको अध्यक्षता, संगठनका केन्द्रीय सदस्य दिपेन्द्र बहादुर बिष्टको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समवन्य समिति सदस्यहरुको लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अथिती समेत रहेका केन्द्रीय सदस्य बिष्टले शिक्षक युनियन (हिस्टुन) श्रम मन्त्रालयमा टे«ड युनियन संगठनको रुपमा दर्ता भएको हुनाले साविक उच्च माध्यमिक विद्यालयमा कार्यरत दरबन्दी र अनुदान कोटामा कार्यरत शिक्षकहरुको भविष्य सुरक्षित हुने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले उच्च माध्यमिक बिद्यालयमा कार्यरत शिक्षकहरुले आफ्नो अधिकारको सुनिश्चिताको लागि सबै शिक्षक आ–आफ्नो ठाउँबाट क्रियाशिल हुन पर्ने आजको आवश्यकता रहेको बताउनु भयो ।
बैढकले प्रत्यक पालिकाबाट केन्द्रीय अधिवेशनको लागि एक, एक प्रतिनिधी छनोट गरिएको जनाईएको छ ।
साविकको उच्च माध्यमिक विद्यायलमा कार्यरत शिक्षकहरुको उचित ब्यावस्थापनको लागि संघिय शिक्षा ऐनमा समेट्नको लागि दवाबमुलक कार्यक्रम संचालन गर्ने निर्णय गरिएको संगठनका उपाअध्यक्ष नगेन्द्र प्रसाद आचार्यले बताउनु भयो ।
कार्यक्रमको सहजिकरर्ण संगठनका उपाध्यक्ष नगेन्द्र प्रसाद आचार्यले गर्नु भएको जनाईको छ ।