रास्कोटको आरसीपी बजारमा दुघ डेरी संचालन

कालिकोट । रास्कोट नगरपालिकाले नगरपालिका भरी लक्षित गरी दुघ डेरी संचालनमा ल्याएको छ । नगरपालिकाको आरसीपी बजारमा शुक्रवारबाट दुध डेरी संचालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख धर्मराज शाहीले डेरीको औपचारिक उद्घाटन गरेका छन ।

उनले नगरपालिका भरीको दुघ संकलन गर्ने र डेरीबाट उपभोक्ताहरुमा वितरण गरिने बताए । किसानहरुहरुलाई पशु पालनमा पनि प्रोत्साहन दिने उद्देश्य राखेर नगरपालिकाले दुघ डेरी संचालन गरेको बताएको छ ।

दुघ डेरीको संचालनको जिम्मा पशु प्राविविध तुलराज सन्ज्याललाई दिएको छ । उद्घाटनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम सहित नगरवासीहरुको सहभागीता रहेको थियो । यो डेरीले किसान तथा उपभोक्ता दुवैमा राहत हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस