कात्तिक २०, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का एक लाखभन्दा धेरै संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले दिएको जानकारी अनुसार बुधबार एक लाख एक लाख दुई हजार ८३१ नयाँ संक्रमित थपिएका हुन् ।
यो संख्या एकैदिनमा थपिएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । यससँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ लाख ८७ हजार ४६७ पुगेको छ ।
त्यस्तै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ३३ हजार ७२९ पुगेको छ । बुधबार मात्र अमेरिकामा कोरोनाको कारण एक हजार ९७ जनाको मृत्यु भएको हो ।