नेकपा (माओवादी) कालिकोटद्धारा मनसुरे कुमालको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त

१९ मंसिर, कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) कालिकोटले पार्टीका केन्द्रीय सदस्य विवेक सीका काँईला बुवा मनसुरे कुमालको ८२ बर्षको उमेरमा दुखत निधन भएको घटनामा गहिरो दुख व्यक्त गरेको छ ।
नेकपा (माओवादी) कालिकोटका जिल्ला सेक्रेटरी बलवान सीले शुक्रवार एक शोक वक्तव्य जारी गर्दै पार्टीका केन्द्रीय सदस्य विवेक सीका काँईला बुवा मनसुरे कुमालको ८२ बर्षको उमेरमा विहिवार दुखत निधन भएको घटनामा गहिरो दुख व्यक्त गर्नु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले रास्कोट नगरपालिका वडा नम्वर २ सिपखाना सुनेपानी बस्ने बुवा मनसुरेको छातीको क्यान्सर रोगका कारण विहिवार दिउसो दुखत निधन भएको भन्दै बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले छोरा प्रदिप, गोरे र भतिजा विवेक सी लगायत सिंगो घरपरिवारमा पार्टीको तर्फबाट गहिरो समवेदना व्यक्त गरेको छ ।
शोक वक्तव्यमा भनिएको छ ‘आदरणीय वुवाप्रति जिल्ला पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै उहाँका छोरा प्रदिपे गोरे कुमाल, भतिज विवेक सी लगायत शोकसन्तप्त घरपरिवारमा गहिरो समवेदना व्यक्त गर्दछौ । उहाँले क्रान्तिकारी आन्दोलनमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दछौ ।’

शोक वक्तव्यको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस