लिविया पुन ः नयाँ संकटमा

चैत्र २३, लिविया । अफ्रिकि मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको छ ।

सशस्त्र विद्रोही संगठनका नेता खालिफा हफ्तारले आफ्ना सेनालाई त्रिपोलीतर्फ अघि बढ्न आदेश दिएपछि नयाँ संकट सिर्जना भएको हो । सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीलाई सत्ताबाट हटाएर हत्या गरिएपछि अस्थिरतासँग जुध्दै आएको अफ्रिकी मुलुक लिवियामा पुनः नयाँ संकट सिर्जना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

योसँगै विद्रोही सेना त्रिपोलीबाट करिब ५० किलोमिटर नजिक पुगेको छ । जहाँ उनीहरुको अन्य सशस्त्र समूहहरुसँग संघर्ष भइरहेको बताइएको छ । राजधानी त्रिपोलीबाट लिवियाको अन्तर्रािष्ट्रय मान्यता प्राप्त सरकारले आफ्नो कामकाज चलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस