हिमचुली कृषि सहकारी संस्था जनयुद्धको उपच होः प्रकाण्ड सी

२४ माघ,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीले हिमचुली कृषि सहकारी संस्था जनयुद्धको उपच भएको बताउनु भएको छ ।

शनिवार सहकारी संस्थाले आफ्नै कार्यालय मान्ममा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले हिमचुली कृषि सहकारी संस्था जनयुद्धको उपच भएको बताउनु भएको हो । उहाँले भन्नु भयो ‘सहकारी जनयुद्धको उपच हो, जनयुद्धको विचार र राजनीति हो, श्रमजीवी जनताको सहकारी हो,त्यसो भएर यसलाई जनतताको पक्षमा संधै चलाउनु होला ।’

उहाँले सहकारीलाई गुणात्मक बनाउन आफ्नो तर्फबाट सक्दो अभिभावकत्व प्रदान गर्ने र सहयोग गर्ने बचन दिनु भयो । सहकारीका प्रबन्ध निर्देशक जगेन्द्रप्रसाद आर्चायले सहिद परिवार र सहकारीको अभिभावकत्व प्रदान गर्न प्रकाण्डलाई आग्रह गर्नु भयो ।

उहाँले सो अवसरमा सहकारीले गरेका काम कार्वाही, समग्र गतिविधि र अवस्थाकाबारे जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस