आईपीएलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ४० रनले हरायो

चैत्र २४, काठमाडौं । इण्डियन प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मुम्बईले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गर्यो ।

अलजारी जोसेफले ६ विकेट लिँदा मुम्बईको शानदार जित सुनिश्चित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनको सामान्य योगफल तयार पारेको थियो । मुम्बईका लागि केइरन पोलार्डले अविजित ४६ रनको योगदान दिए । क्वीन्टन डि ककले १९ रन बनाए भने अन्य खेलाडीको प्रदर्शन अझ खराब रह्यो ।

१३७ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो । ८८ रनमा ६ विकेट गुमाएको हैदराबाद थप ८ रन बनाउँदा चार विकेट गुमाउन पुग्यो ।

दिपक हुडाले २० रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

सामान्य अवस्थामा रहेको हैदराबादको पाँच विकेट १३ बलमा लिएपछि मुम्बईले जित हात पारेको हो ।

प्रतिक्रिया दिनुहोस