२४ पुस,कालिकोट । जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नम्वर ३ लुईयाँटाका २७ बर्षिय युवा प्रकाश देवकोटा अहिले दुवै मृगौला फेल भएर जीवन र मृत्युको दोसाधमा हुनुहुन्छ ।
उहाँको दुवै मृगौलाले काम नगर्ने अवस्था भएपछि मृगौला प्रत्यारोपणको प्रक्रियामा हुनुहुन्छ । तर पारिवारिक आर्थिक अवस्था भने निकै कमजोर छ ।
आर्थिक अवस्थाले उहाँको मृगौला प्रत्यारोपण हुन सकेको छैन । विरामी देवकोटा अहिले भक्तपुर स्थिति सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र्रमा भर्ना हुनुहुन्छ । मृगौला दानका लागि उहाँका बुवा धर्म देवकोटा दिन तयार हुनु भएको छ ।
मृगौला दान गर्न आफ्नै बुवा तयार भएपनि अस्पतालमा अरु लाग्ने खर्च जुटाउन नसक्दा प्रयात्यारोणको काम भने रोकिएको छ ।
विरामी देवकोटाका श्रीमती सितला संज्यालले आफ्नो पतिलाई बचाईदिनको लागि सबै सहयोगी मनहरुलाई खुल्ला रुपमा सहयोगको अपिल गर्नु भएको छ ।
उहाँले आफ्नो क्युआर कोड समेत दिएर मिडिया मार्फत सहयोगका लागि सबैमा खुल्ला आहावन गर्नु भएको हो । सहयोगीमनहरुले तलको क्युआर कोडमा सहयोग गर्न सकिने छ ।
मृगौला रोग पीडित देवकोटाका अंकल हरिसचन्द देवकोटा समेत विरामीको उपचारका लागि दिनरात अस्पतालमा खटिरहनु भएको छ ।
उहाँले ज्वाला खवरलाई भन्नु भयो, ‘हाम्रो भतिजालाई जसरी पनि वचाईदिनु पर्यो, सबै नेपाली सहयोगी मनहरुले सहयोग गरिदिनुहोस् ,तपाईहरुको थोरै सहयोगले कसैको ज्यान जोगिन्छ भने सहयोग गरिदिनुहोस हजुर ।’
उहाँले विरामी भतिजाको अहिले हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने र त्यसका लागि सिविल अस्पतालमा लिने गरेको दुखेसो पोख्नु भयो ।
‘डायलासिस गर्ने पालो पनि पाउन कठिन छ सरकरी अस्पतालमा, के गर्ने सिविल अस्पतालमा हप्ताको सुक्रवार र सोमवार डायलासिस गराईरहेका छौ’ अंकल हरिसचन्दले भन्नु भयो ।
उहाँका अनुसार विरामी प्रकाशको दुवै मृगौला फेल भएको कुरा कार्तिक दुई गते मान्म अस्पतालमा चेक गर्दा मात्र थाहा भएको थियो । त्सपछि विरामीलाई नेपालगंज ल्याउने काम भयो । त्यहाँपनि मृगौलाको समस्या छ भने पछि काठमाडौ ल्याएका छौ देवकोटाले भन्नु भयो ।
हाललाई भने मंसिर २१ गतेदेखि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भर्नाभएर उपचार भइरहेको छ ।
अंकल हरिसचन्दका अनुसार भतिज प्रकाशको सुरुमा प्रेसरको समस्या थियो, टाउको दुख्ने काम गथ्र्यो, टाउको दुखेपछि ब्रोफेन खाने गर्नुहुने रहेछ, जसले गर्दा दुवै मृगौला ड्यामेज भयो ।
उहाँले विरामी प्रकाशको मृगौला प्रत्यारोपण नगरेसम्म बचाउन नसकिने डाक्टरले भनेको बताउनु भयो । तर आर्थिक अभाव र केही प्रक्रिया वाँकी रहेकाले प्रत्यारोपणको काम भने अझै हुन सकेको छैन । विरामी प्रकाशको परिवारले भने सबैसंग सहयोगको याचना गरेका छन ।
प्रतिक्रिया दिनुहोस