बाइडनको शपथ ग्रहण समारोहमा ट्रम्प सहभागी नहुने

२५ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी २० मा हुने जो बाइडनको शपथ ग्रहण समारोहमा सहभागी नहुने घोषणा गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित वाइडनले २० जनवरीदेखि औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दै हुुनुहन्छ । ‘जसले मलाई सोधेका छन्, उनीहरुलाई भन्न चाहान्छु, म जनवरी २० मा हुने शपथ ग्रहण समारोहमा सहभागी हुने छैन,’ उहाले आफ्नो ट्वीटमा भन्नु भएको छ ।
तर उहाको ट्वीट एकाउन्टलाई केही समय समयका लागि बन्द गरिएको छ । निर्वाचनको नतिजालाई अस्वीकार गर्दै आउनु भएका उहाँले विहीबार एक भिडियो सन्देश मार्फत स्वीकार गर्नु भएको छ ।
वाइडनले भने ट्रम्प सहभागी नहुनु राम्रै भएको र आफूले ट्रम्पलाई मिस नगर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस