राज्यसत्ताको नीतिगत चरित्र गलत हुनुले वेरोजगारी वढ्यो   ः कार्यक्रमका वक्ताहरु

२५ मंसिर,वाँके । राज्य सत्ताको नीतिगत चरित्र गलत भएकाले वेरोजगारी वढ्यको एक कार्यक्रमका सहभागीहरुले वताएका छन ।
विप्लव नेकपा निकट युवा संगठन नेपालले वाँकेको कोहलपुरमा सुक्रवार आयोजना गरेको वेरोजगारी समस्या र यसको समाधान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो वताएका हुन ।

अन्तरक्रिया कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सदस्य विष्णु जिसीले वेरोजगारी समस्या र समधानका विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै नेपालमा ११ दसमलव ४४ प्रतिशत वेरोजगारी समस्या विद्यमान रहको वताउनु भयो ।


उहाँले प्रस्तुत गरेको कार्यपत्र माथि अधिकासले टिप्पणाी गर्दै नेपालमा वेरोजगारी समस्या वढनु को मुख्य कारणा राज्यसत्ताले उत्पादनका साधनहरुको स्वामित्व नलिनु ,शिक्षा ,स्वास्थ्य निजिकरण गर्नु लगायतका कारण भएको वताएका छन ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपाका केन्द्रीय सदस्य दिपकले व्यवस्थाको कमजोरीले जनतामा वेरोजगारी वढेको दावी गर्नु भयो ।
उहाँले दास,भूदास हुदै अहिले पुजीवादी युगमा आधुनिक दासको रुपमा मानिसहरुलाई पूजी र सम्पतिवाट अगल गराई वेरोजगारी वनाएको वताउनु भयो । वेरोजगारी समस्यावाट मुक्त हुन दलाल व्यवस्था परिवर्तन गरी वैज्ञानिक समाजवादमा जानु पर्ने वताउदै उहाँले वैज्ञानिक समाजवाद विना वेरोजगारी समस्या समाधान नहुने ठोकुवा गर्नु भयो ।

कार्यक्रममा एमाले निकट राष्ट्रिय युवा संघका नेता भरत तिवारीले राजनैतिक अस्थिरता नै वेरोजगारीको मुख्य समस्या भएको वताउनु भयो । नेकपा क्रान्तिकारी माओवादीका युवा नेता हरि न्यौपानेले राज्य सत्ता परिवर्तन नगरि वेरोजगारी समस्या समाधान नहुने वताउनु भयो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिवि शाहीले युवाहरु वेरोजगारीका कारण लागुऔषत तथा दुव्र्यसनीमा लागेको वताउनु भयो ।
कार्यक्रममा नेपाली जनतालाई स्वास्थ्य,शिक्षा, जमिन र रोजगारी निशुल्क दिने राज्य व्यवस्थाले मात्र वेरोजगारी हटाउने निश्कर्ष निकालीएको थियो ।

प्रतिक्रिया दिनुहोस