धनगढीमा पत्रकारिता तालिम समापन गर्दै नेता भरत सीले भने ‘समाजवादका लागि कलम चलाऔं’

२९ वैशाख, कैलाली । धनगढीमा शनिवारदेखि जारी तीनदिने ‘पत्रकारिता र सूचना प्रविधि सम्वन्धि तालिम’ समापन भएको छ ।
जनपत्रकार संगठन नेपाल सुदूरश्चिम प्रदेशले आयोजना गरेको तीनदिने पत्रकारिता तालिम एक औपचारिक कार्यक्रमका बिच सोमबार समापन गरिएको हो ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि नेकपा स्थायी समिति सदस्य भरत सी (रणवीर)ले दलाल पुँजीवादका विरुद्ध जनताको पक्षमा समाजवादका लागि कलम चलाउन सहभागीहरुलाई आग्रह गर्नु भयो ।

उहाँले तालिमले सबैलाई समाजवादी दिशातिर लिन सहयोग गरेको बताउनु भयो । नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहनु भएका नेता भरत सीेले तालिममा सहभागी प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई राम्रोसंग तालिम दिएको र लिएकोमा बधाई सहित उत्तरोत्तर प्रगतिको शुभकामना दिनु भयो ।
समापन कार्यक्रममा जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्माले समाजमा नागरिक पत्रकारिता चलेको भन्दै मोवाईल फेसबुकबाट हुने पत्रकारिताले समाजमा सकरात्मक अर्थ नराख्ने बताउनु भयो ।
उहाँले हरेक जिल्ला –जिल्लामा जनपत्रकारहरु तयार गर्न र जनताको पक्षमा कलमजीवीहरु तयार गर्न तालिम आयोजना गरिएको जिकिर गर्नु भयो ।

तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि भरत सीले वधाई दिदै तालिम उत्र्तिण भएको प्रमाणपत्र प्रदान समेत गर्नु भएको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थी निरक शाही, छत्र बुढा, रोजिना सुनार र अंकिता चौधरीले तीन दिने तालिमको अनुभूतिवारे प्रतिक्रिया दिदै तालिम निकै फलदायी र उपलव्धिपूर्ण भएको आफूहरुले महशुस गरेको बताउनु भयो ।
तालिमामा जनपत्रकार संगठन नेपालका अध्यक्ष विश्वकर्मा, जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले समाचार लेखन, पत्रकारिता, समाचार लेख्दा ध्यान दिनुपर्ने कुरा लगायतका विविध पक्षमा प्रशिक्षण दिनु भएको थियो ।
तालिमामा प्रशिक्षक ममता रुचालले सूचना प्रविधि सम्वन्धी,पत्रकार शिवराज भट्टले पत्रकार आचारसंशितावारे प्रशिक्षण दिनु भएको थियो । तालिममा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट झण्डै दुई दर्जन बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस