माओवादी महासचिव विप्लवद्धारा जनयुद्ध दिवसको सबैमा शुभकामना व्यक्त

१ फागुन,कपिलवस्तु । नेकपा(माओवादी)का महासचिव विप्लव सीले ३१ औं जनयुद्ध दिवसको अवसरमा सबैमा हार्दिक शुभाकामना दिनु भएको छ ।
उहाँले शुक्रवार आफ्नो फेसबुकवालमा एक स्टाटस लेख्दै जनयुद्ध दिवसको अवसरमा आदरणीय सबै दाजु–भाइ दिदी बहिनी तथा प्रिय कमरेडहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु भन्न भन्नु भएको छ ।
महासचिव विप्लवले देशलाई ठोस निकास दिने सोचका साथ नेकपा(माओवादी) फागुन २१को निर्वाचनमा होमिएको भन्दै क्रान्तिका अधुरा कार्य पुरा गर्न निर्वाचनमा सहभागी गएको बताउनु भएको दाबी गर्नु भएको छ ।
महासचिव विप्लवले आफ्नो शुभकामनामा महान सहिदहरूप्रति सम्मान र श्रद्धाञ्जली, वेपत्ता योद्धाप्रति उच्च सम्मान घाइते योद्धाप्रति सम्मान व्यक्त गर्नु भएको छ ।
उहाँले आफ्नो बलिदान,सपना र उपलब्धि अवस्मरणीय रहेको भन्दै उद्देश्य अधुरा र सफलताका सम्भावना प्रबल रहेको उल्लेख गर्नु भएको छ ।
महासचिव विप्लवले एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपिल गर्दै देशलाई ठोस निकास दिने सोचका साथ नेकपा(माओवादी) फागुन २१को निर्वाचनमा होमिएको उल्लखे गर्नु भएको छ ।
उहाँले लेख्नु भएको छ ‘हाम्रा नीति र प्रस्ताव क्रान्तिका अपुरा कार्यलाई संसदीय मोर्चामा उठाउनेसँग सम्बन्धित छन् । आउनुस सबैले यो अभियानलाई सशक्त प्रकारले अगाडि बढाउँ।’

प्रतिक्रिया दिनुहोस