नेकपा (माओवादी)र जेनजी अभियान्ता मिराज ढुंगानाबीच ४ बुँदे सहमति

१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र जेनजी अभियान्ता मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच चार बुँदे सहमति भएको छ।

बिहीबार नेकपा (माओवादी) का महासचिव विप्लव सी र जेनजी अभियान्ता मिराज ढुंगानाले सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठन र संविधानको संसोधन लगायतका ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै कार्यगत एकता गर्ने भएका हुन ।

४ बुँदे सहमति पत्रमा सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागी संघर्ष गर्ने र जेन-जी विद्रोहको मागहरू पुरा गर्न संघर्ष गर्ने सहमति भएको छ ।

यस्तै आन्दोलन र जनताको चाहना वमोजिम संविधानको संसोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायीक निकाय गठन र राज्यको अग्रगामी पुनर्संरचनाका लागी संघर्ष गर्ने उल्लेख गरेको छ ।

यस्तो छ सहमति पत्र

प्रतिक्रिया दिनुहोस