भरत सीको देउडा सार्वजनिक ‘घुसतन्त्रले दुख पाइया छ, देशमा अव विप्लव चाइया छ’ (भिडियो सहित)

३ माघ,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीको शव्द रचना रहेको अत्यन्तै मार्मिक देउडा भिडियो ‘घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अव विप्लव चाइया छ’ विहिवार सार्वजनिक भएको छ ।

यो देउडामा देशमा दलाल संसदीय व्यवस्थामा घुसतन्त्रले सीमा नाघेको र यो व्यवस्थाबाट जनता वाक्क दिक्क भएका र जनताका समस्या कहिल्यै पनि समाधान नहुने भाव व्यक्त गरिएको छ । देउडाको पहिलो हरफमा ।

माथि लेख हिमालचुली, फुल्याको विकैछ
अवस्था व्यवस्था फेरौं, नभनौ ठिकै छ ।
आजको व्यवस्था बोकी, जनता फेरीए
एकचोटी विप्लवलाई हेरौं, अरु सब हेरीए ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ, !

यस्तै देउडा गितको दोस्रो हरफमा नेपालका दलालहरु विभिन्न रुपरंगमा घुस खाने गरेको बताइएको छ । देशमा वेरोजगारी बढेको, रोजगारी नभएका कारण युवाहरु विदेश पलान हुने गरेका देशको व्यथा व्यक्त गरिएको छ ।

अचाल्ली घुसखान लागे, फेरी फेरी भेस
देश भित्रै आफन्त छाडि, जानलागे विदेश ।
व्यरोजगारी भ्रष्टाचार, देश छ व्यहाल
रोजगारी सृजना भए, फर्किन्छन नेपाल ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ
, !

यस्तै देउडा गितको तेस्रो हरफमा जनयद्धमा कालिकोटले गरेको योगदानलाई समेटिएको छ । आज कालिकोटका सहिदहरुको योगदान एकथरी माओवादी नेताहरुले विर्सेको स्मरण गरिएको छ ।

यो गितको भावले विशेषगरी सत्तामा जाने र जनताको समस्याप्रती व्यवस्था गर्ने, जनयुद्धको वाचाहरु तोडने, घुसखान सिक्ने एकथरी माओवादीहरुलाई सच्चिन कला मार्फत चेतावनी दिएको छ ।

विप्लवले सम्झेकै होलान, कालिकोटका वस्ति
सहिदको रगतसंग, कस्ले गर्यो मस्ति ।
नेपालका दुगर्म वस्ती, कसाछन आजभोलि
किन विर्से नेता ज्यूले, जनयुद्धको बोली ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ,
!

देउडा गितकोको चौथो हरफले देशमा गलत र भ्रष्टाचारी नेता चुन्दा देश नितान्त्र अफठ्यारो अवस्थामा पुगेको औल्याइएको छ । गितले अब त्यस्ता भ्रष्ट र गलत नेतालाई नछान्न जनतालाई सर्जग गराईएको छ ।

जनयुद्धको उपलव्धी नेताको धोकाधढीले गुम्दा जनताले फेरी पनि पुरानो शासन सत्तावाट दुखपाईरहेको भाव व्यक्त गरिएको छ भने जनताको आफ्नै जनमुक्ति सेना र मिलिसिया गुमेको स्मरण गरिएको छ ।

कोही नेता असाध्यै भोगी, कोही मात्र त्यागी
असल नेता ल्याउनु पर्छ, गलतकन फ्याकी ।
कहाँ हुन्न जनमुक्ति सेना, कहाँछन मिलिसिया
लागेर जनताका दुश्मन, वैरी दुख दिया ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ, !

देउडा गितको अन्तीम हरफले घुसतन्त्रको व्यवस्थाको अन्त्य अहिलेको अनिवार्य सर्त भएको उल्लेख गरिएको छ । यसका लागि सबै देशभक्त, प्रगतिशील, गणतन्त्रवादी, क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध भएर सदनदेखि सडकसम्म संघर्ष गर्नु पर्ने औल्याईएको छ ।

गितले घुसतन्त्रको व्यवस्थालाई अन्त्य गरी नयाँ समाजवादी व्यवस्था ल्याउन सक्ने एकमात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी र त्यसको नेतृत्व विप्लव मात्र हुनसक्ने ठोकुवा गरेको छ ।

देशभक्त जनताका नेता, एकजुटभई लड्नुछ
सदनदेखि सडकसम्म, अगाडि बढनुछ ।
पराईले अत्याचार गरे, आगो बल्छ बल्छ
नेपालका गाउँ सहर, विप्लव नाम चल्छ ।
घुसतन्त्रले दुख पाइया छ कमरेड, देशमा अब विप्लव चाइया छ, !

कालिकोट लालुका कलाकार गायक महेन्द्र शाही रास्कोटी र सुदुरपश्चिमकी कलाकार गायक गौरी भट्टको स्वरमा यो देउडा गित सार्वजकि भएको हो । यो समय सान्दार्भिक देउडा गितमा विभिन्न कलाकारहरुले अभिनय गरेका छन ।

देउडा गितको भिडियो

प्रतिक्रिया दिनुहोस