विनोद चौधरीको उद्योग वाट घर विदामा गएका मजदुर निस्काशन


कार्तिक १ गते वाँके । वर्दियाको वाँसगढीमा रहेको चौधरी गुरुपको वाइवाई तयारी चाउचाउको उत्पादक सिजि फुड्स इन्टरप्राइजेज प्रालिले घर विदामा गएका एक मजदुरलाई लकडाउनको वेला हाजिर नभएको भनेर निस्कासन गरेको छ । कम्पनीमा २०७६ साल चैत्र देखि निरन्तर काम गर्दै आउनु भएका मजदुर सुरेश विश्वकर्मालाई सिजिले लकडाउनको वेला हाजिर हुन नआएको भनेर निस्कासन गरेको हो ।
कोभिड १९ को महामारी वाट देश नै लकडाउनमा रहेको वेला र कम्पनी नै वन्द भएको वेला हाजिर नभएको भन्दै काम वाट निकालिनु आफु माथि ठुलो अन्याय भएको पीडित विश्वकर्माले वताउनु भएको छ ।
उहाँले आफु कम्पनीको स्वीकृति लिएर घर विदामा कालिकोट गएको र भनेको मितिमा लकडाउनले हाजिर हुन नसकेको वताउनु भएको छ । कम्पनी खुलेपछि असोज ५ गते आफु काममा जाँदा कम्पनीले काम वाट निस्कासन गरेको भनेर सुचना पाए पीडित मजदुर विश्वकर्माले वताउनु भएको छ ।
उहाँले आफु फेरी काममा जोडिन पाउँ भनि श्रम तथा रोजगार कार्यालय नेपालगंजमा निवेदन समेत दिनु भएको छ । श्रम तथा रोजगार कार्यालयले विश्वव्यापी लकडाउन भई यातायात नचलेको समयमा काममा हाजिर हुन नसकेको तथा यातायात खुलेपश्चात काममा हाजिर हुने स्पष्टिकरण दिएको भएपनि मिति २०७६ असोज ५ गते हाजिर हुन जाँदा काम वाट निष्कासन गरिएको भनेर निवेदन कार्यालयमा आएको जनाएको छ । पीडितको तर्फवाट काममा पुर्नवाहाली गरि पाउँ भनि असोज २६ गते निवेदन पेस भएकोे छ ।

 


कार्यालयले सो निवेदन आएपछि सिजीलाई मजदुर हटाउनुको कारण लिखित रुपमा पेस गर्न निर्देशन दिएको भएपनि अझै सम्म जवाफ नआएको कार्यालय प्रमुख हरिशरण चौलागाईले जनाउनु भएको छ । यस वारे सिजी कम्पनीका वाँसगढी शाखाका प्रमुख राजीव राजपुतले सल्लाह भइरहेको वताउनु भएको छ ।


कम्पनीले वेला वेला मजदुर माथि श्रम शोषण गर्ने देखि मजदुर निस्कासन सम्मका कामहरु गरिरहेको विभिन्न मजदुर युनियनहरुले वताएका छन । काङ्गेसको सिफारिसमा साँसद हुुनु भएका उद्योगपति विनोद चौधरीको लगानिमा उद्योग संचालित छ ।
चौधरी राज्यको नीति निमार्णको तहमा केन्द्रमा साँसद हुनुहुन्छ । तर उद्योगमा भने मजदुर निस्कासन जस्ता अन्यायपूर्ण कामहरु हुनु काङ्गेस संग आस्था राख्ने मजदुर वाहेक अरु आस्था राख्ने मजदुरहरुलाई सानो गल्तीमा निस्कासन गर्नु तथा श्रम शोषण गर्नु जस्ता गलत कामहरु सिजिले गरिरहेको मजदुरहरुले गुनासो गरेका छन । यसले नीति निमार्णको तहमा साँसद हुनु भएका चौधरीको भविष्यमा आँच आउन सक्ने जानकारहरुले वताएका छन ।

www.ajakoartha.com

प्रतिक्रिया दिनुहोस