६ माघ, कालिकोट । कालिकोटबाट नेकपा (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को उम्मेदवारी दर्ता हुदैछ ।
मंगलवार निर्वाचन आयोगको कार्यालय मान्ममा भव्य तयारीका साथ (माओवादी) प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को उम्मेदवारी दर्ता हुन लागेको हो ।
नेकपा (माओवादी) कालिकोटका जिल्ला इन्चार्ज विवेक सीका अनुसार प्रवक्ता प्रकाण्ड उम्मेदवारी दर्ताका लागि काठमाडौबाट कालिकोटको यात्रामा लाग्नु भएको छ ।
प्रवक्ता प्रकाण्ड दिउसो ४ बजेसम्म कालिकोट पुगे उहाँकै उपस्थितिमा उम्मेदारी दर्ता गरिने र यदि ढिलो पुगे वार्लिसे नाममाबाट उम्मेदवारी दर्ता गरिने इन्चार्ज विवेक सीले जानकारी दिनु भयो ।
आगामी फागुन २१ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा चुनाब हुदैछ । सोही शिलशिलामा कालिकोटमा रहेको १ बटा प्रत्यक्षयतर्फको निर्वाचन क्षेत्रमा सहभागी हुन प्रवक्ता प्रकाण्डले उम्मेदवारी दर्ता गर्न लाग्नु भएको हो ।
नेकपा (माओवादीे १८ बर्षपछि निर्वाचनमा सहभागी हुन लागेकाले कर्णालीकै प्रभावशाली नेता तथा कालिकोटका अभिभावक प्रकाण्ड २०६४ पछि पहिलो पटक निर्वाचनमा लड्दै हुनुहन्छ । उहाँ २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने २७ हजार बढी भोट प्राप्त गरी विजयी हुनु भएको थियो । प्रवक्ता प्रकाण्ड माआवादी पार्टी विभाजन नहुनु अघि ३ पटक मन्त्री समेत बन्नु भएको थियो ।
तत्कालिन प्रचण्ड नेतृत्वको माओवादीबाट मोहन वैद्य र विप्लवको नेतृत्वमा २०६९ साल असारमा पार्टी विभाजन भएपछि उहाँ उतै लागेकाले निर्वाचनबाट वाहिरीनु भएको थियो ।
उहाँ सहित वैद्यबाट २०७१ मंसिर ८ गते पुनः अलग हुदै विप्लवको नेतृत्वमा नेकपा माओवादी बनेको थियो ।
सो पार्टीको ८ औं महाधिवेशधनबाट पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको थियो । भ्रष्टाचार र कमिशनका विरुद्ध संघर्ष गरिरहेको सो पार्टीमाथि २०७५ फागुन २८ गते केपी प्रचण्डको सरकारले प्रतिबन्ध लगाएको थियो ।
२०७७ फागुन २१ गते नेकपामाथिको प्रतिबन्ध सरकारले फिर्ता लिदै ३ बुँदे सहमति भएपछि पार्टी खुल्ला राजनीतिमा प्रवेश गरेको थियो ।
पार्टी विभाजनदेखि लगातार चुनाव वहिष्कार गर्दै आएको यो पार्टीले यो पटकको संसदीय निर्वाचनलाई पहिलो पटक उपयोग गर्ने नीति लिएर प्रतिस्पर्धामा उर्तिएको छ ।
विप्लव चुनावमा सहभागी हुने भएपछि र प्रचण्डले माओवादी केन्द्र परित्याग गरेपछि यो पार्टीको नाम नेकपा (माओवादी) राखिएको छ ।
जनयुद्धकालिन पुरानो नाम राखेर निर्वाचन आयोगमा मंसिर २ गते पार्टी दर्ता भएको हो । पार्टीले गुलाफ चुनाव चिन्हका साथ निर्वाचनमा सहभागी हुन लागेको छ ।
देशभर प्रतिस्पर्धामा लागेको माओवादीले कालिकोटबाट भने प्रवक्ता प्रकाण्डलाई टिकट दिएको छ ।
कालिकोट मात्र नभएर कर्णालीकै जनयुद्धका सुत्रधार नेताको रुपमा चिनिने प्रकाण्डले यो पटकको निर्वाचनमा आफूलाई सहयोग गर्न जिल्लावासीलाई अपिल समेत गर्नु भएको छ ।