ब्याटमीन्टन संघको जिल्ला अध्यक्षमा पत्रकार बिष्ट चयन

असाेज ३, कालिकाेट । जिल्ला ब्याटमीन्टन संघको अध्यक्षमा पत्रकार भरतराज बिष्ट चयन हुनु भएको छ । जिल्ला भरिका ब्याटमीन्टन खेलाडीहरुको एक भेलाले खेलाडी तथा रेडियो नयाँ कर्णाली एफ एमका स्टेशन मयानेजर भरत राज बिष्टलाई भेलाले सर्बसहमत रुपमा जिल्ला अध्यक्षमा चयन गरेको हो ।

जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख नवराज मल्लको सभाअध्यक्षतामा भएको भेलाले पत्रकार बिष्टको अध्यक्षतामा १० सदसीय समितिको गठन गरेको हो ।जसको उपाध्यक्षमा लक्ष्मी मल्ल,सचिवमा माया खड्का,कोषाध्यक्षमा विरेन्द्र बहादुर शाही,सदस्यमा मिठु शाही,सुमन बिष्ट,अर्जुन भट्टराई,अक्कल बहादुर शाही,वजुरे खड्का,मनराज सीम्खाडा र धिर बहादुर शाही रहेका छन । यसैविच जिल्लामै पहिलो पटक सदरमुकाम मान्ममा ब्यामिन्टन प्रतीयोगीता हुने भएको छ ।

नवगठीत समितिले असोज ७ गतेदेखी ९ गते सम्म मान्मको कवडहलमा ब्याटमिन्टन प्रतीयोगीता हुने जानकारी दीयको छ ।
समितिका अध्यक्ष भरत राज बिष्टका अनुसार कालीकोटमा अहिले सम्म जेजति खेलकुद भयपनि अहिले सम्म ब्याटमिन्टन खेल भएको छैन । खेल क्षेत्रको विकासका लागी पहिलो पटक यस्तो खेलको आयोजगाा गर्न लागीयको बिष्टले बताउननु भयो । कुनै पनि मानीसमा यकै किसीमको कला एकै ब्यक्तीत्वमा हुदैन ।

फरक फरक कला सबै सँग हुने हुँदा कालीकोटमा पहिलो पटक ब्याटमीन्टन प्रतीयोगीताको अयोजना गर्न लागीयको बिष्टले बताउनु भयो । प्रतीयोगीता सफल पार्नका लागि सबैको सहयोग र अपेक्षा गरेको बताउनु भयो ।

प्रतीयोगीतामा प्रथम हुनेलाई खसि पुरस्कार, दृतीय हुनेलाई ३ वटा अर्गानीक भाले,तृतीय हुनेलाई २ अर्गानीक भाले र सान्तवना हुनेलाई १ क्यारेट लोकल कुखुराको अण्डार पुरस्कार रहेको आयोजकले जनायको छ ।

प्रतिक्रिया दिनुहोस