रिहा गर्ने सर्वोच्चको आदेश लगत्तै विप्लवका नेता वास्तोला पुनः पक्राउ


१०फागुन काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेता धर्मेन्द्र वास्तोला अदालतको आदेशमा रिहा भए लगत्तै प्रहरीेले पुनः पक्राउ परको छ । उहालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पक्राउ गरेको हो ।
सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई रिहा गर्न आदेश गरेको थियो ।
सर्वोच्चले वास्तोलालाई विना आधार र कारण थुनामा राखेककोमा यसअघि पनि बन्दी प्रत्यक्षीकरण रिट जारी भएको र अहिलेसम्म थुनामा राखेको भन्दै असन्तुष्टि जनाएको छ । यही विषयमा उहालाई थुनामा राखे अवहेलनामा कारवाही चलाउने चेतावनी पनि दिइएको छ । वार्ताको लागी सकरात्मक वताईरहेको नेकपाका नेतालाई अदालतको आदेश अवज्ञ गर्दै सरकारले पुनः पक्राउ गर्नु सरकार न्यायलय र वार्ता प्रति गैर जिम्मेवार भएको विश्लेषकहरुको वुझाई छ ।

प्रतिक्रिया दिनुहोस