६ साउन,काठमाडौ ।
मन मनकै कुरा गर्छु मनैबाट सुन्नु
मन आफ्नो मन कस्तो लौ आफैंले गुन्नु
मन त हुन्छ चञ्चल, मन त हुन्छ चुलबुल
मनलाई फकाउनुपर्छ बालक फकाए झैं नत्र गर्छ सलबल
हलहलहल मन हलहलहल
माथीका यी हरफ गायक प्रकाश सपुतको नयाँ गीत ‘दमाई महराज’ का शब्द हुन् । समाजका विकृति, विसंगति र जातीय विभेदविरुद्धको सन्देश प्रवाह गर्ने प्रकाशले यो गीतमा जातीय विभेदको कथा प्रस्तुत गर्नु भएको छ ।
उहाँले आफ्नो गितमा कर्मको आधारमा मान्छे सहि र गलत हुने भन्दै गितवाट भेदभाव गर्न नहुने सन्देश दिनु भएको छ ।
गायक प्रकाशकै शब्द तथा लय रहेको गीतमा उहाँलाई गायनमा शान्तिश्री परियारले साथ दिनु भएको छ ।
यसअघिका उहाँका चर्चित गीत ‘बोलमाया’ र ‘गलबन्दी’को अन्तिम भाग भनिएको गीत ‘दमाई महाराज’को भिडियोमा गाउँमा लगाइएको महायज्ञमार्फत जातीय विभेदविरुद्धको सन्देश दिइएको छ ।
प्रकाश सपुतकै कथा, निर्माण र निर्देशन रहेको गीतको भिडियोमा प्रकाश, अञ्जली अधिकारी, गीत ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विराज थापा, लोकनाथ वाग्ले, विशाल घिमिरेलगायतको अभिनय छ ।
बालकलाकारको रुपमा दिप्लव विक र प्रभार सपुतले अभिनय गर्नु भएको छ । भिडियोलाई मानकृष्ण महर्जन र दिनेश पराजुलीले खिच्नु भएको छ भने प्रविन भट्टले सम्पादन गर्नुु भएको छ । गीतको एरेन्जर सुदीप सागर हुनुहुन्छ ।
प्रकाशले यस वर्षलाई जातीय विभेदविरुद्धका गीत सिर्जना गर्ने वर्षको रुपमा काम गर्ने घोषणा समेत गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस