सहिद तिमिलाई सलाम छ !

तिम्रा अटुट यादहरू आइरहन्छ्
ती कहाली लाग्दा दिन र समयका,
एउटा महान उद्देश्यका लागि
आफ्नो जीवन प्रवाह नगरी,
देश–जनतालाई मुटुमा राखि लडेका
सयौँ साथी–संगी सम्झिँदा,
नयाँ जन्म लिएर शालिकमा आकृति देख्दा,
युद्ध मोर्चामा भिडिरहेका दृश्यहरू,
नयन अगाडि आइरहन्छन्
सहिद तिमिलाई सलाम छ !
सहिद तिमिलाई सम्मान छ !
प्रिय सहिदहरू,
करोडौँको मुक्तिका लागि लडेका थियौं,
नयाँ सुन्दर संसार बनाउन लडेका थियौं,
तिम्रा सपनामाथि केही गद्दारहरुले
तिम्रो रगतमाथि केही धोकेबाजहरुले
गद्दारी गरेर धोका दिएका छन ।
हो !
कयौँ यात्रीहरू तिम्रो सपनाबाट विमुख भएका छन,
आज “जनयुद्ध र माओवाद” भन्न पनि लजाउँछन् ।
हिजो हामीलाई महान सपना देखाएर
जनयुद्ध लड्न प्रेरित गर्नेहरू,
आज कोरा कर्कटमा मिल्काईएका छन ।
तर आज हामी भने,
तिम्रो अधुरा सपना पुरा गर्ने बाचा गरिरहेका छौ,
तिम्रो रगतको टिका लगाएर पछ्याउदै छौ,
मालेमावादको कसम खादैछौ,
देश र जनता मुक्त गर्ने बाचा गरेका छौ,
चाँहे तिम्रो महान इतिहास समात्न किन नपरोहोस् ?
हजारौं शालिकमा जन्मिन किन नपरोहोस् ?
अटल र अविचलीत एकीकृत जनक्रान्तिको विचारबाट
माओवाद– जिन्दावाद भनिरहेका छौ ।
जनयुद्ध– जिन्दावाद भनिरहेका छौ ।
तिम्रा महान सपना पूरा गर्न,
फेरी पनि हामी प्रतिबद्ध छौँ ।
सबै प्रकारका षड्यन्त्र चिर्ने
आदर्श नेतृत्व,पार्टी र विचारका साथ,
तिम्रो बलिदान र आदर्श कहिल्यै खेर जान दिने छैनौ ।
फेरी पनि अजम्बरी इतिहास बोकेका,
सहिद तिमिलाई सलाम छ !
सहिद तिमिलाई सम्मान छ !

लेखकः नेकपा(माओादी)का केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस