बाँके । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले प्रक्रियावादी दलाल सत्ताबाट निरास भएका जनतालाई नेकपाको उत्पादनले आसा दिएको बताउनु भएको छ ।
बाँकेको खजुरा स्थित मनकामना चोकमा विहिवार धान रोप्ने कार्यक्रमको विहिवार उद्घाटन गर्दै प्रवक्ता प्रकाण्ड सीले प्रक्रियावादी दलाल सत्ताबाट निरास भएका जनतालाई नेकपाको उत्पादनले आसा दिएको दाबी गर्नु भएको हो ।
उहाँले हिलो बनाईको खेतमा हातमा धानको विउ लिएर भन्नु भयो “प्रतिक्रयावादी दलाल पुँजीवादी सत्ताले यो देशमा केही हुदैन भनेर निरास बनाएको छ । युवाहरु विदेश पलायन गराएको छ । यो बेला हाम्रो पाटीले देशमा आसाको किरण दिएको छ । दशैभरी आत्मनिर्भरका लागि उत्पादनको काम गरेको छ । यो क्रान्तिलाई आत्मनिर्भर बनाउने र राष्ट्रिय पुँजीको संरक्षण गर्ने,उत्पादनको साधन श्रोतलाई जनताको बनाउने, नेता,पार्टी,कार्यकर्ता र जनतालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ उत्पादनमा जोड दिएको हो ।”
‘नेपालमा नेपाली जनताको भविष्य सम्भव छ’ उहाँले भन्नु भयो, “ विदेशमा युवाहरु पठाएर होईन,स्वदेशमै रोकेर र विदेशबाट फिर्ता बोलाएर नेपालमै उत्पादनको काममा लागेमा सम्भव छ, यो काम राज्यले गर्नुपर्छ । आज राज्य राज्यजस्तो छैन, गैरजिम्मेवार छ ।”
उहाँले नेपाल कम्युनिष्ट पार्टीले देशैभरी यो बर्ष मात्रै झण्डै तीन सय विगाह जमिनमा धान रोपेर समाजवादी क्रान्तिको मुभमेन्ट अगाडि बढाएकोे बताउनु भयो ।
उहाँले भन्नु भयो “धान रोप्ने काम मात्र होईन, यो साजवादी क्रान्तिको विउ रोपेका छौ । हाम्रो पार्टीले गतबर्ष देशैभरी करिब १ सय विगाह क्षेत्रफलको जमिनमा धान रोेपेको थियो । तर यो बर्ष हामीले ह्वात्तै बढाएर ३ सय विगाह पुर्याएका छौ । अझै देशैभरीको रिपोर्ट आउदैछ । यो हाम्रो समाजवादी क्रान्तिको बलियो आधार हो ।”
प्रवक्ता प्रकाण्डले नेकपाले धान रोप्ने काम मात्र नगरेर समाजवादी क्रान्तिको कार्यभार पनि पुरा गरिरहेको जिकिर गर्नु भयो ।
काठमाडौमा हाम्रो उत्पादनको कुराले गुरुत्वआकर्षण पैदा गरेको छ, राजनीतिक पार्टी,उद्योगी,व्यवसायी,राज्यसत्ता संचालकहरुमा ठुलो वहसको विषय भएको छ, यो निकै राम्रो पक्ष हो प्रवक्ता प्रकाण्डले भन्नु भयो ।
प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिष्ट पार्टीको उत्पादनको नीतिले देशैभरी जनतामा सकरात्मक प्रभाव पारेको बताउदै यो उत्पादनको कामबाट सत्तामा भएका दलालहरु आत्तिएको खुलासा गर्नु भयो । राज्यसत्तामा भएकाहरुले उत्पादनमा साथ दिनुको सट्टा उल्टै असहयोग गरेको प्रवक्ता प्रकाण्डले गुनासो गर्नु भयो ।
उहाँले दलाल पुँजीवादी सत्ताको छिटो अन्त्य नेपाली जनताले चाहेको चर्चा गर्दै त्यसको परिपूर्तिका लागि पनि नेपाल कम्युनिष्ट पार्टी एकीकृत उत्पादन स्वामित्वको नीति अनुसार उत्पादन क्रान्ति मार्फत समाजवादी क्रान्ति अगाडि बढाईरहेको बताउनु भयो ।
उहाँले नेपालमा बैज्ञानिक समाजवादी व्यवस्था वा नेपाली विशेषताको समाजवाद विना नेपालको राजनीतिक अस्थिरता र संकट समाधान नहुने ठोकुवा गर्नु भयो । उहाँले उत्पादन मात्र नभई समाजवादी व्यवस्थाको आधार तयार पार्न पार्टी उत्पादनमा लागेको दोहोर्याउनु भयो । खजुराको मनकामना चोकमा नेकपाको केन्द्रीय उत्पादन विभाग, कर्णाली प्रदेश उत्पादन विभाग र बाँके जिल्ला उत्पादन विभागले करिब ६ विगाह जमिनमा आजबाट धान रोप्ने काम सुरु गरेको हो । नेकपाले करिब एक हप्ता भित्र धान रोपेर सक्ने बताएको छ ।
धान रोपाईमा प्रवक्ता प्रकाण्ड सी,नेकपाका कर्णाली प्रदेश इन्चार्ज सुशिल सी, नेकपाका पोलिट व्यूरो सदस्य आधार सी,रक्तिम सी, केन्द्रीय सदस्यहरु विवेक सी, विराट सी, हिमशिखर सी, पौरख सी,शेखर सी,नारायण सी, दिनेश सी,जिल्ला तहका नेता कार्यकर्ता तथा जनताको उल्लेखिय सहभागिता रहेको थियो ।