पारिश्रमिक विभेदले २५ जना पाइलटले दिए सामूहिक राजीनामा

सरकार विभेदकारी भएको गुनासो

माघ १०, काठमाडौं । नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजिनामा दिएका छन । सेवा सुविधामा विभेद गरिएको भन्दै एयरलाइन्सका २५ जना पाइलटले बिहीबार साँझ व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन् । सामूहिक राजीनामा दिने पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै तीन महिनाको समयसीमा दिँदै राजीनामा दिएको एक पाइलटले बताउनु भएको छ । विदेशी पाइलटले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन । त्यसमा पनि पछिल्लो समय बिना जानकारी एक लाख काट्ने गरिएको नेपाली पाइलटले बताएका छन ।

नेपाली पाइलटहरुले भनेका छन ‘यस्तो चरम विभेदका विषयमा हामीले लामो समयदेखि कुरा उठाउँदै आएको थियौं तर सुनुवाइ भएन । हामीले बाध्य भएर राजीनामा दिनु परेको हा े।’ बाँकी १५ जना पाइलटले पनि राजीनामा दिने तयारी गरेका छन ।

विदेशी पाइलटले पाउने तलबको कर समेत नेपाल एयरलाइन्सले तिरिदिने गरी सुविधा दिएको छ । विदेशी पाइलटले ४६ घण्टा र नेपाली पाइलटले ९८ घण्टा काम गर्दा पनि समान ज्याला त्यसमा पनि विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको पाइलटहरूको गुनासो रहेको छ । लोकतान्त्रीक गणतान्त्रीक सरकारले पाइलटहरुको पारिश्रमिकमा पनि विभेद गर्नु निकै लाजमर्दो विषय भएको विश्लेषकहरुले वताएका छन ।

प्रतिक्रिया दिनुहोस