कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले नेपाल टेलिकमको फोर जी सिम कार्ड निःशुल्क वितरण गरेको छ ।
आईतवार नगरपालिकाले आरसीपी बजारमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका सेवाग्राहीहरुलाई फोर जी सिमकार्ड निःशुल्क वितरण गरेको हो ।
नेपाल टेलिकम प्रदेश निर्देशनालयको सहयोगमा नगरपालिकाले प्रिपेड सिम कार्ड २५१ थान र पोस्पेड सिमकार्ड १५ थान गरी जम्मा २६६ थान सिम कार्ड वितरण गरेको नगरप्रमुख धर्मराज शाहीले बताउनुभयो । नगरप्रमुख शाहीको सहभागितामा सिम कार्ड वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस