कालिकाेटमा पहिलो पटक ब्याटमिन्टन प्रतियोगिता

असाेज ७, कालिकाेट ।  कालीकोटमा खेलप्रतिको आक्रषण वढिरहेको छ । औलामा गन्न सकिने खेलाडी भएको कालीकोटमा पछिल्लो समय खेलाडीको उदयसंगै खेलप्रति चासो वढेको मंगलबार वाट सुरु भएको जिल्ला स्तरिय ब्याटमिन्टन प्रतियोगिताले पुस्टी गरेको छ ।

राष्टका लागी खेलकुद, स्वास्थ्यका लागि खेलकुद भने नारा दिएको कालिकोट ब्याटमिन्टन संघले आज औपचारीक रुपमा प्रतियोगिता सुरु गरेको छ । संघका अध्यक्ष भरतराज बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा संबिधान सभा सदस्य तुलाराज बिष्टले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

प्रतियोगिताको उद्घाटन गदै प्रमुख अतिथि समेत रहनु भएका बिष्टले निकै महग्गो खेलमा चासो दिने र प्रतियोगिताको आयोजना गर्ने आयोजक तथा खेलाडीलाई धन्यावाद दिनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाही, खाँडाचक्र नगरपालिका उपप्रमुख विजया बिष्ट, नेकपाका सचिव नगेन्द्र शाही, नेपाल वारयसोसिएसनका अध्यक्ष दमनराज बम, लगाएतका ब्यक्तिहरुको ब्याटमिन्टन प्रतियोगिता उद्घाटन कार्यक्रममा सहभागीता रहेको थियो ।

मंगलबार चार वटा खेल पनि सकिएका छन । पहिलो चरणमा भएको खेलमा जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामवावु ओलिया र जिल्ला खेलकुद बिकास समितिका प्रमुख सुमन कुमार मल्लको टोली बिचको खेलमा ओलियाको टोलीले जित हात पारेको छ ।

यस्तै संघका अध्यक्ष भरतराज बिष्टको टोली र जि.प्र.काको दोस्रो टोली बिचको प्रतिस्पर्धामा जि‍.प्र.काले नै जित निकालेको छ । यस्तै तेस्रो र चारैटोली बिचमा पनि जि.प्र.काको टोलीले बिजय हासिल गरेको छ । महिलाको खेल भने बुधबार विहान वाट सुरु हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस