कार्तिक ११ काठमाण्डौ । उत्तर सिरियाको इडलिब प्रान्तमा गरिएको रुसी हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ । घटनामा कैयौं लडाकु घाइते भएको बिबिसीले जनाएको छ ।
‘फेयलक अल साम’ संगठनको प्रशिक्षण आधारलाई लक्ष्य गरी आक्रमण गरिएको हो। यसपछि रुस र टर्कीको मध्यस्थतामा इडलिबमा भएको युद्धविराम खतरामा परेको छ ।
बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार धेरै जना घाइतेको अवस्था गम्भीर छ, जसले गर्दा मृतकको संख्या बढ्न सक्छ ।
मार्चमा युद्धविराम भएयता गरिएको यो सबैभन्दा ठूलो हमला भएको हो । हमला इडलिब सहरको उत्तर(पश्चिममा भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियामा ९ वर्षदेखि गृहयुद्ध जारी छ ।