माघ १४,कालिकोट । तपाईहरुले यदि घरमा कुकुर पाल्नु भएको छ भने निकै सजक हुनु पर्ने भएको छ ।
आफ्नै घरमा पालेको कुकुरले घरकै वालवालीकाहरुलाई सुताएको समयमा टोकेर मासु नै खान्छ भनेर कसलाई पो थाहा हुन्छ र ! सावधान ! सोमवार यस्तै घटना भएको छ कालिकोट जिल्लाको राष्कोट नगरपालिकाको वडा नम्वर ३ साँगटियामा ।
हर्ष दर्जि र संगीता दर्जिका ३ महिने छोरा अविनास दर्जि कुकुरको टोकाईको सिकार भएका हुनु ।
घरमै सुताएर आमा वुवाहरु घरको काममा वाहिर गएको समयमा घरमै पालेको कुकुरले तीन महिने वालक अविनासको गुप्ताङ्ग सवै क्षद विक्षद गरि खाईदिएको छ ।
वालक अविनास भने गम्भीर घायल अवस्थामा आमा वुवाले भेटाएका छन । उनको उचार गाउँमा हुन नसके पछि जिल्ला अस्पताल मान्म ल्याइदै छ ।
सम्भवत जिल्ला अस्पतालमा पनि उपचार हुन सक्ने अवस्था नभएको स्थानीय स्वास्थ्यकर्मीहरुले वताएका छन ।
घर परिवार आर्थिक अवस्थामा निकै कमजोर र गरिव भएकाले टाढा लिएर उपचार गर्न कठिनाई भएको अविनासका वुवा हर्ष दर्जिले वताउनु भएको छ ।
बुवा दर्जिले घटना हेर्दा निकै गार्हो भएको भन्दै भावुक भएर आफ्नो सन्तानलाई वचाइदिन सवैमा सहयोगको अपिल गर्नु भयो ।
घाईते अविनासकी आमा संगीताले घरका सवै मान्छे कामका लागि घर वाहिर भएको वेला कहिलै यस्तो नगर्ने कुकुरले छोरालाई क्षद विक्षद पारेर गुप्ताङ्ग खाएको दुखेसो पोख्नु भयो ।
उहाँले आखाँ वाट आँसु झार्दै मेरो छोरा वचाई दिनु होस् , म गरिव घरपरिवारको मान्छे हु , सवैले सहयोग गरिदिनु होस् भन्दै अनुनय विनय गर्नु भयो ।
स्थानीय तथा प्रदेश सरकारको तर्फ वाट भने सहयोग हुन्छ भया हुदैन कुनै प्रतिक्रिया पाईएको छैन ।
प्रतिक्रिया दिनुहोस