समाजवादी चेतना फैलाउदै सामनाको सांस्कृति कार्यक्रम नेपालगंजमा

१५ वैसाख, नेपालगंज । सामना सांस्कृति परिवारको केन्द्रीय अभियान टिमले समाजवादी चेतना फैलाउदै नेपालगंजमा भव्य सांस्कृतिक कार्यक्रम गरेको छ ।
‘हामी गाईरहन्छौ क्रान्तिका गित, समाजवादका लागि सामना सांस्कृतिक अभियान’ भन्ने मुल नारा सहित सामनाले नेपालगंजको सिएसटी होटेलको हलमा सोमवार भव्य सांस्कृति कार्यक्रम गरेको हो ।
कार्यक्रम ‘हाम्रो धेरै माया छ, हाम्रो धेरै सम्मान छ, देशभक्त क्रान्तिकारी योद्धाहरुलाई’ भन्ने स्वागत गितबाट सुरु भएको थियो ।
कार्यक्रममा बरिष्ठ जनवादी गायक मणी थापा, माईला लामा,रमण थामी, आरोह सी लगायतका कलाकारहरुले दलाल पुँजीवादी व्यवस्थाले गर्दा नेपालमा जनताले दुख पाएको भन्दै समाजवादी व्यवस्था अनिर्वाय भएको भावका गित तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
सामना परिवारका कलाकारहरुले ‘समाजवादको आउदैछ लहर, जगाउदै गाँउ वस्ति सहर ! ए साथीहरु मुक्तिको यात्रा रोक्नु हुदैन,हाम्रो आस्थाको शिखर झुक्नु हुदैन ! तिम्रा लागि बन्दुक बोकेका हौं ! जुट्ने बेला भयो, उठने बेला भयो ! ’ जस्ता मार्मिक जनवादी गित संगीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
क्लाकारहरुले विभिन्न भेषभुषा अनुसार पूर्वी संस्कृति,मध्य भागमा गाईने संस्कृति, थारु संस्कृति, पश्चिमको टप्पा, अपेरा लगायतका विभिन्न रोचन प्रस्तुतिहरु राखेका थिए ।
सांस्कृति कार्यक्रममा सहभागीहरु कतिवेला निकै भावुक त कतिवेला निकै हर्षित हुने गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक योद्धा मणी थापाले राजावादी तथा प्रतिगामीहरुलाई चुनौती दिदै रचना गरेको गणतन्त्र सम्वन्धिको गित गाउदै ‘तिम्रा लागि बन्दुक वोकेका हौ, तिम्रा लागि सहिद भएका हौं, तिम्रा लागि जेल बसेका हौ, तिमीबाट न्याय खोजेका हौ, तिमीबाट समानता खोजेका हौ,तिमीबाट प्रगति खोजेका हौ’ं भन्ने मिठो गित गाउदै गर्दा हल थप हर्षित भयो ।

वरिष्ठ जनवादी गायक तथा पूर्व मन्त्री थापाले गित गाउदै बुढादेखि बच्चासम्मलाई निकै खुसी पार्नु भयो । उहाँको बुढेसकालको चम्किलो उर्जाले कार्यक्रममा सहभागीहरुलाई समेत थप उर्जा प्रदान गरेको थियो । कार्यक्रममा वरिष्ठ जनवादी कलाकार माईला सीले सांस्कृति कार्यक्रमको उद्घोषण गर्दै जनयुद्धलाई हिंसा भन्नेहरुलाई कडा चुनौती दिनु भयो । उहाँले गरिव जनताको व्यवस्था अझै आईनसकेको दाबी गर्दै नेपाली विशेषताको समाजवादले मात्र गरिवहरुको व्यवस्था आउने बताउनु भयो । कार्यक्रममा कोहलपुर नेपालगंज क्षेत्रका सयौ दर्शकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस