मृगौला पिडित पूर्व वटालियन सह कमाण्डर अभियान मृत्यु संग लडदै , आर्थिक अभावले उपचार भएन,पार्टी नेताको वेवास्ता

साउन १३,कालिकोट ।  कुनै वेला जनमुक्ति सेनाको कुशल कमाण्डर हुनुहुन्थ्यो नरेन्द्र वोहोरा (अभियान) । जनयुद्धमा जनमुक्ति सेनाको वटालियन सह कमाण्डरको जिम्मेवारमा रहेर तत्कालीन राज्यसत्ताका विरुद्ध धावा वोल्न सक्षम हुनुहन्थ्यो ।

जनमुक्ति सेनाको चौथौ डिभिजन अन्तरगत सलिभ स्मृति विग्रेडको वटालियनमा वटालियन सह कमाण्डर हुनुहुन्थ्यो । सेना समायोजनमा उहाँले अवकास रोज्नु भएको थियो । दुई वर्ष विदेश गएर घर फर्किय लगत्तै उहाँ विरामी हुनु भयो ।

अस्पतालमा जाँच गराउदा दुवै मृगौला फेल भएको डाक्टरले सुनाए । त्यसपछि अप्ठेरोमा पर्नु भएका अभियानको साथ दिने नत पार्टी छ नत कुनै आफन्तहरु छन । हत्ताको दुई पटक डाइलासिस गराएर उहाँको ज्यान ज्युदो लास जस्तै छ । मेडिकल कलेज कोहलपुरमा डाइलासिस गराइरहनु भएको छ ।

जनयुद्धका वेला जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर प्रचण्डको आदेशमा आफ्नो ज्यानलाई कुनै प्रवाह नगरी सयौ युद्ध मोर्चाहरुमा लडनु भएको थियो । उहाको शरिर भरी गोलीहरु अहिले पनि निकाल्न वाँकी नै छ । शरिर भित्र भएका गोलीको पिडा त छदै थियो । तर त्यसैमा उहाँलाई अर्को पिडाले पिरोेलेको छ ।

अहिले पूर्व जनमुक्ति सेनाका वटालियन सहकमाण्डर नरेन्द्र वोहोरा (अभियान) दुवै मृगौलाले काम नगर्दा जीवनमरणको संघर्षमा हुनुहुन्छ । उहाँको मृगौला प्रत्यारोपण नगर्ने हो भने मृत्यु रोज्नु वाहेक उहाँ संग कुनै अर्को विकल्प छैन ।

उहाँको मृगौला प्रत्यारोपणको लागि मृगाौला दान आफ्नै वुवाले गर्न तयार हुनु भएको छ । तर प्रत्यारोपण खर्च झण्डै १५ लाख लाग्ने अस्पतालले वताएकाले खर्च अभावमा मृत्यु संग संघर्ष गरिरहनु भएको छ ।

उहाँलाई नत जनमुक्ति सेनाको तत्कालीन सर्वोच्च कमाण्डर प्रचण्डको पार्टीले सोधपुछ नै गरेको छ नत कुनै जनयुद्धका ठुला कमाण्डरहरुले साधपुछ गरेका छन । पार्टीले वेवास्ता गर्दा उपचारमा कठिनाई भएको परिवारीक श्रोतले वताएको छ ।

पुर्व जनमुक्ति सेनाका एक सदस्य हिक्मतले विरामी अभियानको उपचारका वारे तत्कालीन डिभिजन सह कमाण्डर तथा अहिलेका राष्ट्रिय सभा सदस्य जिवन वुढालाई सहयोग गर्नु पर्यो भनि फोन गर्दा फेरी फोन नै उठाउन छाडेको गुनासो गर्नु भयो । अर्का पूर्व जनमुक्ति सेनाका सदस्य वर्तमानले माननिय महेश्वर गहतराज (अथक) देखि धेरै नेता, पहिलेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई उपचारको लागि पहल गर्नु पर्यो भन्दा कुनै चासो नदेखाएको गुनासो गर्नु भयो ।

पूर्व जनमुक्ति सेनाका केही सदस्यहरुले हाम्रै रगत पसिनामा कुर्सीमा पुग्ने आज अप्ठेरो पर्दा नहेर्ने नेताहरुलाई नेपाली जनताको अपराधिको संज्ञा दिएका छन । हामीलाई काम न काजको भाडो वनाए नेताहरुले आज घर न घाटको अवस्थामा छौ पूर्व जनमुक्ति सेनाका सदस्यहरुको गुनासो छ ।

अभियानको पुर्खौली घर भने कालिकोट जिल्लाको लालु हो । उहाँको व्यारेक वाट अवकास पछिको वसाई २०६९ साल वाट वाँके जिल्लाको रात्ती सोनारी गाउँपालिका २ तिकुनीमा छ । उहाँको १ श्रीमति १ छोरा र १ छोरी आमा वुवा छन । परिवारको आर्थिक अवस्था निकै कमजोर छ ।

प्रतिक्रिया दिनुहोस