१३ पुस, कालिकोट । पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका बेला कर्णालीको कालिकोटमा फेरि भूकम्पको धक्का महसुश भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका लालु आसपास केन्द्रविन्दु बनाएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको खानी तथा भूगर्व विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प स्थानीय समयनुसार शुक्रबार राती ११ बजेर ३१ मिनेटको आसपासमा गएको बताइएको छ । यसअघि, बिहीबार अर्थात् पुस ११ गते बिहान ६ः३३ बजे जाजरकोटको नायकबाडा आसपास केन्द्रबिन्दु भएर पछिल्लो भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस