कालिकोटमा स्याउ रोपनको उद्घाटन गर्दै महासचिव विप्लव भने ‘कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना सफल हुदैन’

१२ फाल्गुन, कालिकोट । कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना सफल नहुदे ठोकुवा गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको आयोजनामा कालिकोटको फाेईमा साेमबार स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै महासचिव विप्लव सीले कुनैपनि क्रान्ति आफ्नै उत्पादन विना क्रान्ति सफल नहुने ठाेकुवा भर्नुभएकाे हाे ।

उहाँले कुनै पार्टी र नेताले उत्पादन विनाको क्रान्तिको कुरा गर्छ भने त्यो सफल नहुने र सकिने निश्चित भएको भन्दै उहाँले नेपालमा समाजवाद ल्याउन उत्पादन क्रान्तिलाई जोड्नै पर्ने बताउनुभयो ।

‘३ बर्षमा पार्टीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका थियौ तर डेढ बर्षमै पार्टीलाई आत्मनिभर बनाउने तिर पुगेका छौ, महासचिव विप्लव सीले भन्नु भयो, त्यसैको निरन्तरतामा जुम्ला र कालिकोटमा स्याउ राेप्दैछाैं ।

महासचिव विप्लवले सहभागी सबैको हात हातमा स्याउका विरुवा समात्न लगाएर “स्याउ राेप्याे, देश बनाउ” भन्ने नारा दिएर स्याउको विरुवा खनेको खाल्डोमा हालेर आफै रोप्न सुरू गर्नुभएको थियो ।

स्याउ राेप्न कार्यक्रममा नेकपा माओवादी नेता गणेश शाहीले नेकपा कृषि क्रान्ति स्वागतयोग्य भएको भन्दै धन्यवाद दिनुभयो। उहाँले रूपान्तरण सहितको माओवादी एकता र विप्लवले नेतृत्व गर्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस