३० साउन, काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
नेकपाले एमसीसी सम्झौता नेपालका लागि घातक सम्झौता भएको र यसको नेपालबाट खारेजी हुनुपर्ने मागगर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।

नेकपाले काठमाडौकाे माइतीघर मण्डलाबाट र्याली सहित बानेश्वरमा पुगेर विरोध प्रदर्शनको गरेको छ ।

अमेरिकाले एमसीसी मार्फत नेपालको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप गरेको, नेपालमा सैन्य अखडा राख्न खोजेको र चीनलाई घेराहाली नेपालको युरेनियम कव्जा गर्न खोजेको नेकपाको दाबी छ ।



