‘समाजबादी युवा जागरण अभियान’ दाङमा

२३ पुस, दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओबादी)ले कंचनपुरबाट सुरु गरेको समाजबादी जागरण युवा अभियान बुधबार साँझ दाङ पुगेको छ ।

चार दिन अघि कंचनपुरबाट सुरु भएको अभियान कैलाली,बर्दिया र बाँके जिल्लाका विभिन्न क्षेत्रमा बाइक र्याली,कोणसभा,जनतासंगकाे भेटघाट तथा अन्तरक्रिया गर्दै दाङ पुगेको हो ।

अभियान टिमले बुधबार बाँकेको नेपालगन्ज र कोहलपुरमा कोणसभा गरेको छ।

सभामा बोल्ने बक्ता सीता सी, राजकुमारी सी, सन्दीप सी लगायतले अहिलेको कठपुतली सरकार खारेज गरी सर्बपक्षिय सरकार गठन गरिनु पर्ने बताएका थिए ।

कोणसभामा जनकलाकार हिमशिखर सी र पबित्रा सीले जनबादी गित मार्फत मनाेरञ्जन दिएका थिए ।

यसअघि अभियान टिमले मंगलबार बर्दिया जिल्लाको राजापुर र गुलरिया, सोमबार कैलालीको धनगढी ,लम्की र टिकापुर र कंचनपुरको गड्डाचाैकी महेन्द्रनगर, पुर्नबास , बेलौरी र बेलडाँडीमा कोणसभा, बाइक र्याली तथा अन्तरक्रिया कार्यक्रम गरेको थियोे ।

नेकपा ( माओवादी )ले देशकाे पूर्व,मध्य र पश्चिमबाट एकै साथ समाजबाद र स्वाधीनताकाे पक्षमा जागरण पैदा गर्न, पार्टीका नीति र बिचार जनतासम्म पुर्याउन र चुनाव निश्पक्ष तथा भयरहीत बाताबरणमा सम्पन्न होस भन्ने लक्ष्य राखेर अभियान चलाएको जनाएको छ ।

याे अभियान टिमले भाेलि दाङका विभिन्न ठाँउमा कार्यक्रम गर्ने अभियान टिमका कमाण्डर प्रेम सीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस