प्रकाण्डले हारे सिंगो कर्णालीले हार्छ,जसरी पनि जिताउनु पर्छः भैरब शाही

२३ माघ, कालिकोट । देशभक्त समाजवादी पार्टीका महासचिव भैरब शाहीले प्रकाण्डले चुनाब हारे सिंगो कर्णालीले हार्ने भन्दै जसरी पनि प्रकाण्डलाई जिताउनु पर्ने बताउनु भएको छ ।

खाँडाचक्र नगरपालिकाको थामकोटमा स्थानीय जनताले गरेको भव्य स्वागत कार्यक्रमपछि संक्षिप्त बोल्दै देशभक्त समाजवादी पार्टीका महासचिव शाहीले प्रकाण्डले चुनाब हारे सिंगो कर्णालीले हार्ने भन्दै जसरी पनि प्रकाण्डलाई जिताउनु पर्ने बताउनु भएको हो ।

नेता शाहीले भन्नु भयो ‘प्रकाण्ड कालिकोट र कर्णालीकै लागि आवश्यकता हो, प्रकाण्डले चुनाव हार्ने मात्र होईन सिंगो कर्णालीले चुनाव हार्ने हो, प्रकाण्ड ऐतिहासिक भूमिकाको नेतृत्व गर्ने नेता हो,जनताको नेता हो, विगतमा जुनसुकै पार्टीमा मत दिएपनि यो पटक प्रकाण्डलाई जिताउन गुलाफमा मत दिनु होला, किनकी भोटको दान भनेको किड्नी दान भन्दापनि ठुलो दान हो, यो दान सोचेर गर्नु होला, प्रकाण्डलाई वहुमतले जिताउनु होला ।’

उहाँले देशभक्त समाजवादी पार्टीले प्रकाण्डलाई भोटदिने सहमति गरेको भन्दै उहाँलाई कालिकोटबाट जसरी पनि जिताउनु पर्ने बताउनु भयो । नेता शाहीले कालिकोट मात्र नभएर कर्णाली र सिंगो देशको विभेदका विरुद्ध विगतदेखि निरन्तर लड्ने नेता प्रकाण्ड मात्र भएको भन्दै उहाँलाई कालिकोटे जनताले भोट दिएर जिताउने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस