कालिकोटमा सहिद परिवार र जनताले प्रकाण्डलाई गरे भव्य स्वागत

२३ माघ,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का प्रवक्ता तथा प्रतिनिधिसभाका उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सीलाई जिल्लाका सहिद परिवार र जनताले भव्य स्वागत गरेका छन । जिल्लाको खाँडाचक्र नगरपालिका वडानम्वर १ र २ का सहिद परिवार र जनताले प्रवक्ता प्रकाण्डलाई फुलमाला,अविर र खादा लगाएर भव्य स्वागत गरेका हुन । चुनावी भेटभाटका क्रममा विहिवार साँझ थामकोट पुग्नु भएका प्रकाण्डलाई थामकोटका सहिद परिवार र जनताले भव्य स्वागत गरेका छन । ‘गुलाफमा भोट हालौ, प्रकाण्डलाई जिताउ, नेकपा माओवादी जिन्दावाद, वीर सहिद लालसलाम’ जस्ता नारावाजी लगाउदै सहिद परिवार र जनताले भव्य स्वागत गरेका छन ।
यस्तै प्रवक्ता प्रकाण्डलाई शुक्रवार पनि खाँडाचक्र नगरपालिकाको २ नम्वर वडाका सहिद परिवार र जनताले भव्य स्वागत गरेका छन ।
सहिद जनम बरालको घर, वेपत्ता भद्र वोगटीको घरका आफन्तदेखि वडा नम्वर २ को कार्यालय वरिपरिका सहिद परिवार र जनता, वडानम्वर १ का सहिद परिवार र जनताले ठाउँ –ठाउँमा भव्य स्वागत तथा सम्मान गरेका छन ।
उनीहरुले प्रकाण्डलाई भोट दिएर जिताउने पनि प्रतिबद्धता जनाएका छन ।
सहिद परिवारहरुले कालिकोटमा जनयुद्धको संस्थापक नेता पनि प्रकाण्ड भएको र सहिदहरुको सपना पुरा हुने आसा पनि उहाँबाटै हुने बताएका छन ।
भेटघाटमा जनता र सहिद परिवारहरुले प्रचण्ड र वावुरामहरुले सहिद परिवारहरुलाई धोका दिएको भन्दै अबको माओवादी पार्टीले सहिदको सपना पुरा गर्ने विश्वास व्यक्त गरेका छन ।
प्रवक्ता प्रकाण्डले सबै जनता र सहिद परिवारहरुलाई चिन्ता नगर्न आग्रह गर्दै जनताको माओवादी पार्टी साथमा रहेकाले सहिद परिवार र कालिकोेटे जनताको सपना पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस