२६ चैत्र, कालिकोट । नेकपा (माओवादी) कालिकोटले आज २८ औं विथलडाँडा वीरता दिवस मनाएको छ ।
नेकपा माओवादीले माल्कोटमा विथलडाँडा वीरता दिवसको स्मरण गर्दै २८ औं वीरता दिवस शुभकामना आदान प्रदान गरि मनाएको हो ।
२०५४ साल चैत्र २६ गते आजैको दिन जनयुद्ध चर्किरहेको बेला जनदमनका लागि माल्कोटको विथलडाँडा पुगेको प्रहरी विरुद्ध माल्कोटी महिलाहरुले प्रतिरोध गरी हतियार खोसेर तत्कालिन नेकपा (माओवादी)लाई बुझाएका थिए ।
यस प्रतिरोध घटनामा ६ जना महिला प्रहरीको गोली लागि घाईते भएका थिए भने कोटवाडाका काली बहादुर विकको उच्च साहादत्त भएको थियो ।
स्थानीय महिलाहरुले प्रहरीलाई लखेट्दै रहगाड हुदै चिउरी मेलामा पर्याएका थिए । प्रहरीको तर्फबाट पनि केहीको मृत्यु भएको थियो ।
यो घटनालाई नेकपा (माओवादी)ले वीरता दिवसको रुपमा हरेक वर्ष विभिन्न कार्यक्रम गरेर मनाउने गरेको छ ।
माओवादीले आज प्रतिरोधमा सहभागी महिला र स्थानीय जनतालाई हार्दिक धन्यवाद दिएको छ । कार्यक्रममा सहभागीहरुले घटनाको स्मरण गर्दै जनयुद्धलाई उच्च स्थानसम्म पुर्याउन यो प्रतिरोधले महत्वपूर्ण योगदान दिएको भन्दै अविर लगाएर एक आपसमा शुभकामना दिएका थिए ।
नेकपा (मााओवादी)का जिल्ला इन्चार्ज विवेक सीले प्रतिरोध घटनामा सहभागी सवैलाई हार्दिक धन्यवाद दिदै सबैलाई शुभकामना समेत दिनु भएको छ । कार्यक्रममा माल्कोटका साहासी महिला तथा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यो गाउँ नेकपा (माओवादी) का प्रवक्ता प्रकाण्ड सीको गाउँ पनि हो ।