रविले गरे धार्मिक अगुवासँग छलफल

१५ साउन, काठमाडौं । सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् ।

सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् ।

त्यस्तै सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् ।

उनले अगुवाहरूलाई सुनसरी, सिराहा लगायत देशका विभिन्न भागमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस